अध्यक्षमा थापा सर्वसम्मत

अध्यक्षमा थापा सर्वसम्मत

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अध्यक्षमा संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समिति दैलेखको हलमा सम्पन्न संस्थाको २१ औँ बार्षिक उत्सब तथा साधारण सभा र ८ औ अधिवेशनबाट थापा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको हो । संस्थाको नयाँ कार्य समिति चयनका लागि गरिएको निर्वाचन प्रक्रियामा कसैको पनि उम्मेदवार नपरेकोले साधारण सभाको वन्दसत्रमा थापालाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरिएको हो ।
यस्तै संस्थाको निवर्तमान अध्यक्षमा मञ्जु कुमारी खड्का, दलित महिला सदस्यमा कमला कुमारी नेपाली (बादी), खुल्ला महिला सदस्यमा कमला चन्द, टिकादेबी जैसी, खुला सदस्यमा महेन्द्र कुमार कार्की, दलित खुल्ला सदस्यमा बीर बहादुर नेपाली, जनजाती महिला सदस्यमा दुर्गा कुमारी श्रेष्ठ, खुल्ला सदस्यमा कल्पना थापा र युवा सदस्यमा कृष्णा रावत सर्वसम्मत निर्वाचित हुनु भएको छ । कार्यसमितिको बैठकले समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको लागि जिम्मेवारी तोक्नेछ ।

प्रतिक्रिया