सोसेकका अध्यक्ष थापा एनपीस अवार्डका लागि मनोनित

सोसेकका अध्यक्ष थापा  एनपीस अवार्डका लागि मनोनित

–ज्वाला संदेश–
दैलेख । जिल्लामा महिला, दलित, जनजाति, बालबालिका र पिछडा वर्गका समस्याहरुको समाधानका लागि सहजीकरण तथा सामाजिक परिचालनको माध्यमबाट राज्यका हरेक निकायहरुमा वकालत तथा पैरवी गर्दै आएको दैलेखको अग्रणी सामाजिक संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापा ‘एनपीस अवार्ड २०१८’ का लागि मनोनित हुनुभएको छ ।
विगत २१ वर्षदेखि सामाजिक अभियान्ताको रुपमा सक्रिय थापा लैंगिक हिंसा, कुरीति, अन्धविश्वास विरुद्ध सशक्त आवाज उठाउदै आउनुभएको छ । उहाँ एनपीस अवार्डको ‘क्याम्पेनिङ्ग फर एक्सन म्यान’ का लागि मनोनित भएको यूएनडीपीको एनपीस नेटवर्कले जनाएको छ ।

दैलेख जस्तो ग्रामिण क्षेत्रमा जन्मिएर महिला अधिकार, बाल अधिकार, बाल विवाह, छाउपडी प्रर्था न्यूनिकरण लगाएत सामाजिक कुरिति र कुसंस्कारको क्षेत्रमा अभियान चलाउदै विभेद रहित समाज निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै थापा उक्त अवार्डका लागि मनोनित हुनुभएको हो ।
२०५४ सालमा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संस्थापक अध्यक्ष भई सामाजिक काममा सक्रिय बन्नुभएका थापा जिल्लामा सामाजिक अभियन्ताको रुपमा समेत परिचित हुनुहुन्छ ।
विगत ४ बर्ष देखि ज्वाला संदेश अनलाइनको प्रधान सम्पादक भई सामाजिक कुसंस्कार र कुरितिको सवालमा कलम चलाउदै आउनुभएका थापा बाल संरक्षण संजाल नेपालको कर्णाली प्रदेशका संयोजक समेत हुनुहुन्छ ।

हीरासिंह थापालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्   

http://n-peace.net/nominee/hira-singh-thapa/

त्यसपछि vote now मा क्लिक गरेर साइन अप हिअर फर भोटिङ (or Sign up here for voting) मा क्लिक गर्नुस् । त्यसपछि गएर आफ्नो नाम, ईमेल, देश (नेपाल), लिंग, फोन नम्बर, पासवर्ड राखेर आइ एम नट रोबोट (I am not robot) मा क्लिक गर्नुस् ।
विभिन्न चित्रहरु समावेश भएको पोष्ट आउँछ । त्यो पोष्टमा भएका एकै खालका चित्रलाई क्लिक गरेर भेरिफाइ (verify) मा क्लिक गर्नुस् र साइन अप (sign up) गर्नुस् । त्यसपछि आफ्नो इमेलको इन्बक्स वा स्पाममा एनपीसले पठाएको इमलेमा क्लिक हियर टू लगिन (Click Here to Login) गर्नुहोस् ।
‘क्याम्पेनिङ्ग फर एक्सन म्यान’ को फोटो सहित देखाँउछ । त्यहाँ क्लिक गरेर तिन सोहि अर्वाडमा मनोनित हुनुभएका तीन देशका तीन जनाको फोटो देखाँउछ । त्यस मध्ये फोटो सहित हीरासिंह थापा (नेपाल) लेखिएको ठाउँमा क्लिक गरि (Vote Now) मा क्लिक गरिसकेपछि तपाईको भोट सफल हुनेछ ।

 

प्रतिक्रिया