म्याद नाघेका खाद्य पदार्थ छ्याप्छ्याप्ती

म्याद नाघेका खाद्य पदार्थ छ्याप्छ्याप्ती

हिक्मत नेपाली
दैलेख असोज १८ ।
नेपालीहरुको महान पर्व दशैं तिहार र छट नजिकिंँदै गर्दा दैलेखमा बजार अनुगमनलाई तिव्र पारिएको छ । चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तिब्र पारिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेत, डुङ्गेश्वर गाउँपालिका ६ का वडाअध्यक्ष बम बहादुर विसी सहितको टोलीले बिहिवार डुङ्गेश्वर गाउँपालिका ६ मा रहेको तल्लो डुङ्गेश्वर बजारमा गरिएको अनुगमनका क्रममा एक बर्ष पुरानो सम्मको अखाद्य वस्तु छ्याप्छ्याप्ती फेला परेका छन् ।

दुई दर्जन बढी पसलहरुमा गरिएको अनुगमनमा म्याद नाघेका खाद्य पदार्थ समेत बेच्न राखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले बताए । उनका अनुसार एक बर्ष अघि नै म्याद नाघेका जंक फुड, चिसोे पेय पदार्थ बेच्न राखेको भेटिएको छ । यसैगरि कहिले बनेको, कहाँ बनेको र कहिले सम्म उपभोग गर्दा हुने हो केहि पनि उल्लेख नगरिएको खाद्यपदार्थ बिक्रीका लागि राखिएको पाइएको छ ।
बजार अनुगमनका क्रममा लेवल नभएका समान र म्याद नाघेका खाद्य पदार्थ पनि बेच्न राखेका भेटिएपछि त्यस्ता सामग्री जफत गरिएको छ । जफल गरिएको सामग्रीहरु नष्ट गरिएको छ ।


स्थानीय बजारमा मदिराको व्यापार गरिरहेका व्यापारिहरुलाई पहिलो पटक सचेत बनाइएको र आगामी दिनमा अनुमति लिएर मात्रै मदिरा विक्री गर्नका लागि आग्रह गरिएको सहायक प्रजिअ बस्नेतले बताए । अहिले अनुमति लिएर मदिरा बेच्न आग्रह गरेका छौ, सहायक पैजिअ बस्नेतले भने अब फेरी अनुमति बिना खुलेयाम मदिरा बेचेको पाइएमा कानुन बमोजिम कार्बाहीको प्रक्रिया अगाडी बढाउछौ ।
डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बम बहादुर विसीले अब आफुहरुले मदिरा नियन्त्रणको अभियानलाई तिब्रता दिने बताए । उहाँले गलत गतिविधि गर्ने व्यापारीलाई स्थानीय सरकारले कारवाहीको दायरामा ल्याउने बताउदै अब अनुगमनलाई तीव्रता दिएर उपभोक्ताको हितमा अघि वढ्ने बताए ।

प्रतिक्रिया