किशोरीले भने –‘हामी सक्षम छौ’

किशोरीले भने –‘हामी सक्षम छौ’

हिक्मत नेपाली
दैलेख असोज २५ ।
‘हामी सक्षम छौ, म नायक हो, मेरो सपना छ, म गरिब होइन, म स्वतन्त्र छु, म संग ताकत छ, म नेतृत्व गर्न सक्छु, म छोरी भएर जन्मनु भन्दा पहिला एक मानव हुँ’ यो भनाई दैलेखका किशोरीहरुको हो । विश्व बालिका दिवसको अबसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइरहँदा दैलेखको नारायण नगरपालिका ६ भुर्तीमा किशोरीहरुले भने आफुहरु सक्षम छौ भन्दै संदेश दिए । 

विश्व बालिका दिवसको अबसर पारेर भूर्ती स्थित किशोरी संवाद केन्द्रमा बालिका बचाउ आत्मरक्षक अभियान द्धारा आयोजित नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम पश्चात उनिहरुले यस्तो बताएका हुन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आर्थीक सहयोग तथा बेलासपुर किशोरी संवाद केन्द्र, पञ्चदेवल किशोरी संवाद केन्द्र र समाज जागरण केन्द्रको समन्वयमा भएको क्षमता विकास तथा अभिमुखीकरण सहभागि किशोरीहरुले यस्तो बताएका हुन् ।
आफ्नो नाम समेत हिच्कीच्याउदै भनेका स्थानीय किशोरीहरुले अभिमुखीकरण पश्चात आफुहरु सक्षम रहेको बताएका हुन् । किशोरीहरुलाई बालिका बचाउ अभियानकी संयोजक सजना सुनारले लक्ष्य लिन र सपना देख्न किन जरुरी छ, सपनाले मान्छेलाई कसरी प्रगतीको बाटोमा डोर्याउछ, सपना र लक्ष्य कसरी तय गर्ने बारे किशारीहरुलाइ जानकारी गराएकी थिइन् ।
सुरुमा तपाईले सपना देख्नुभएको छ की छैन, भविष्यको केहि लक्ष लिनुभएको छ ? भनेर सोध्यौ तर उहाँहरु बोल्न समेत डराउनुभयो, अभियानकी संयोजक युवा अभियन्ता सुनारले भनिन । बालिकाहरु जन्मदै असक्षम होइनन्, बालिकाहरु हरेक विषयमा सक्षम छन्, बालिकाहरु पनि नेतृत्व लिन सक्छन् भन्ने विषयमा अभिमुखिकरण पछि उनिहरुले एकै स्वरमा खुलेरै आफुहरु सक्षम भएको बताउनुभयो, संयोजक सुनारले भनिन् । किशोरीहरुले आफ्नो रुची र क्षमता अनुसार भविष्यको लक्ष्य योजना र योजना कार्यान्वयन प्रतिवद्धता जनाएका छन् ।


अभिमुखीकरण कार्यक्रम बालिका बचाउ आत्मरक्षक अभियानका संयोजक युवा अभियन्ता सजना सुनारले सुनारले यौनजन्य हिंसा तथा दुव्र्यवहार, छाउपडीप्रथा, बालविवाह लगायतका अरु सामाजिक समस्यासंग प्रतिरोध गर्ने गर्ने तार्किक क्षमतासंगै आफै भित्रका सकारात्मक सोचलाई बढावा दिनुपर्ने बताइन् ।
कार्यक्रममा अभियानका सदस्य बिशाल सुनारले बाल विवाहले पार्ने असरहरुबारे जानकारी गराएका थिए । यस्तै अभियानका सदस्यहरु प्रभा बिक, अमर सुनार, भरतराजत अधिकारीले पनि सहजिकरण गरेका थिए ।
कार्यक्रममा नारायण नगरपालिका वडा नं. ३ र ६ मा सञ्चालित किशोरी सम्वाद केन्द्रका सहभागी किशोरीहरु र सरोकारवालाको सहभागिता थियो । सम्वाद केन्द्र महिला हिंसा, सामाजिक विकृति लगायतका समस्या विषयमा छलफल गर्ने र समाधान खोज्न गरेको सहजकर्ता अमृता नेपालीले बताइन् ।

प्रतिक्रिया