बादी बालबालिकाले भने ‘अब नियमित हात धुन्छौ’

बादी बालबालिकाले भने ‘अब नियमित हात धुन्छौ’

दैलेख – ‘हामी बालबालिका सधै खाना खानु अघि, खुवाउनु तथा बनाउनु अघि र खानेकुरा खानु दिनु अगाडी मिचिमिचि हात धुन्छौ ।’ यो भनाई दैलेखको नारायण नगरपालिका गणेश चौक स्थित नमूना बस्तीका बादी समुदायका बाल बालिकाको हो । स्वास्थ्य र सरसफाईमा खासै ध्यान नदिने बादी बालबालिकाले बस्ती नजिकै आयोजित एक कार्यक्रममा मिचिमिचि हात धुदै भने ‘अब हामी नियमित हात धुने गछौ, हात सावुनपानीले हात धोइसकेपछि मात्र खाना खान्छौ ।’

‘‘सफा हात मेरो स्वास्थ्यको आधार’’ भन्ने मुल नारा सहित विश्व हात धुने दिवसका अवसरमा आयोजित कार्यक्रममा बादी समुदायका बालबालिकाले यस्तो प्रतिबद्धता जनाएको हुन् । बालबालिकासंगै बादी समुदायका अगुवा अभिभावकले समेत सरसफाईको महत्वपूर्ण पाटो सावुन पानीले हात धुने रहेको भन्दै आफु र बालबालिकालाई नियमित मिचिमिचि सावुन पानीले हात धुन प्रेरित गर्ने बताएका छन् ।

सोसेक नेपाल दैलेख द्धारा आयोजित विश्व हात धुने दिवसका अबसरमा समाजिक अभियानका लागि एक दिन अन्तरगर्त नारायण नगरपालिकाको नमूना बादी बस्तीका बालबालिकालाई हात धुन सिकाईएको हो । समुदायका बालकालिकाहरु स्वास्थ्य तथा सरसफाईको दृष्टिकोणले जोखिममा रहेको कारण बादी समुदायका बालबालिकालाई लक्षित गरेर हात धुन सिकाईएको संस्थाका अध्यक्ष हीरासिंह थापाले बताउनुभयो ।

बालबालिकाहरुलाई हात धुने विभिन्न सात तरिकाहरु सिकाइएको सोसेक दैलेखका सहायक अभिलेखिकरण अधिकृत सजना सुनारले जानकारी दिनुभयो । उनले हात नधोएर खाना खाँदा शरिरलाई पार्ने असरहरुबारे जानकारी गराउँदै नियमित सावुन पानीले हात धुन आग्रह गरिन् । उनका अनुसार समुदायका बालबालिकालाई अब प्रत्येक शनिवार बस्तीमा पुगेर स्वास्थ्य तथा सरसफाई, अनुशासन, शिक्षाको महत्व, सामाजिकिकरण तथा अतिरिक्त क्रियाकलापहरुको बारेमा छलफल गराइने छ ।

प्रतिक्रिया