नौमुले साँस्कृतिक कार्यक्रम सुरु

नौमुले साँस्कृतिक कार्यक्रम सुरु

 
ज्वाला संदेश
दैलेख कात्तिक ३० ।
नौमुले गाउँपालिका दैलेखको आयोजना, दैलेख उद्योग बाणिज्य संघ शाखा नौमुले, नौमूले उद्योग बाणिज्य संघ नौमुलेको सह–आयोजनामा नौमुले साँस्कृतिक कार्यक्रम बिहीवार देखि सुरु भएको छ । स्थानीय कला सँस्कृतिको जगेर्ना गर्ने उदेश्य सहित आयोजना गरिएको साँस्कृतिक कार्यक्रम बिहीवार प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले उद्घाटन गरेका छन् । साँस्कृतिक कार्यक्रम आगामी मंसिर २ गते सम्म संचालन हुनेछ ।
द्धन्द्धको घाउ विर्सदै तिब्र विकास र समृद्धीको यात्रामा अगाडी बढेको नौमूले गाउँपालिकामा पहिलो पटक संस्थागत रुपमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । जनजाति समुदायका बाहूल्यता रहेको दैलेखको उत्तरपूर्वमा पर्ने नौमुले गाउँपालिका जल, जमिन, जंगल, जडिबुटी सँगै कला र सँस्कृतिको दृष्किोणले धनी मानिन्छ । साँस्कृतिक कार्यक्रमले स्थानीय कला सँस्कृति भाषा भेषभुषा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार हुने आयोजनाले जनाएको छ ।


कार्यक्रम अवधीभर राष्ट्रिय रुपमानै ख्याति प्राप्त कलाकार बिमा कुमारी दुारा, राधिका हमाल, राजु केसी, अविशेक अनुराग, लोकेन्द्र जिसीकुमार, मन कुमारी सुनार लगाएतको प्रस्तुती रहनेछ । साथै स्थानीय कला सँस्कृति र सुर्खेतबाट वागिना समुहका साथै दैलेखका नृत्य क्लवहरु र स्थानिय झाकीहरु प्रर्दशन गरिनेछ ।
साँस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रमुख प्रेम थापा, नारायण नगर पालिकाका प्रमुख रत्न बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बासकोटा, नारायण नगरपालिका १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठ, प्राध्यापक डा.मधुसुधन गिरी, प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेल, नौमूले गाउँपालिकामा निर्वाचित जनप्रतिनीधि, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया