कर्णालीसँग आम्दानीको स्रोत छैन् – सभामुख शाही

कर्णालीसँग आम्दानीको स्रोत छैन् – सभामुख शाही

दैलेख मंसिर ११ ।

कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले कर्णालीमा प्रशस्त स्रोत साधनको खानी हुँदा हुँदै वर्तमान अवस्थामाआम्दानीको स्रोत नभएको बताउनुभएको छ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको विन्द्रासैनी मावीलाई सुविधा सम्पन्न (स्मार्ट) विद्यालय निर्माणका लागि आयोजना गरिएको चामुण्डाविन्द्रासैनी धार्मिक साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै सभामुख शाहीले यस्तो बताउनु भएको हो ।

‘विकट कर्णाली तराईसंग पनि जोडिएको छैन, ‘दक्षिण पर्ने भारतको सिमानासंग जोडिएको छैन ।’ प्रदेशसंग भएका स्रोत साधनको सदुपयोग भएको छैन ।’ ‘कर्णाली प्रदेशको अर्थतन्त्रलाई बृद्धि गर्नका लागि प्रदेश सरकारले चीनसंग जोड्ने तीन ओटा नाकाहरु खोल्ने तयारी गरेको छ ।’ उहाँले भन्नुभयो ।

जडिबुट र जलस्रोतका क्षेत्रमा लगानी गरी प्रदेशको अर्थतन्त्रलाई थप मजवुद बनाई आगामी पाँच वर्ष भित्र कर्णालीवासीको प्रति व्यक्ति आय २ हजार १ सय डलर पु¥याउने प्रदेश सरकारको लक्ष्य रहेको उहाँले बताउनु भयो । भौगोलिक विभेद, जातिय विभेद, लैंङ्गिग विभेदलाई अन्त्यगरी उन्नत समाज निर्माण गर्ने सरकारको लक्ष्य रहेको उहाँले बताउनु भयो ।

समृद्ध समाज निर्माणका तीनै तहका सरकारहरुले कामको सुरुवात गरिसकेको उहाँको भनाई छ । चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले संस्कृतिको संरक्षण गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

नगर उप–उपप्रमुख ताराकुमारी शाहीले मदिरामा खर्चगर्ने पैसालाई बचाएर उचित ठाउँमा लगानी गर्न आग्रह गर्नुभयो ।  धार्मिक साँस्कृति महोत्सव आयोजक समितिका संयोजक सुरतजंग शाहीका अनुसार धार्मिक महोत्सवमा यही मंसिर १८ गतेसम्म संचालन हुनेछ । धार्मिक महोत्सवमा, गोविन्द्र शरण, ऋषिकेश पोखरेल कथा बाचन गर्ने संयोजक शाहीले जानकारी दिनुभयो । स्मार्ट विद्यालय निर्माणका लागि धार्मिक महोत्सवबाट करिव २० लाख संकलन गर्ने आयोजनको लक्ष्य रहेको छ ।

प्रतिक्रिया