विद्यालयका छात्रालाई सेनेटरी प्याड बनाउने तालिम

विद्यालयका छात्रालाई  सेनेटरी प्याड बनाउने तालिम


दैलेख, १ पुस ।
महिनावारीलाई मर्यादित र सुरक्षित व्यवस्थापन गर्न दैलेखमा विद्यालयमै पुगेर छात्रालाई प्याड बनाउन सिकाइएको छ । दैलेखको नारायण नगरपालिका–८ मा रहेको सरस्वती माध्यामिक विद्यालय तर्ताङ्गमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड बनाउन सिकाइएको हो ।

उक्त विद्यालयको कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई प्याड बनाउन सिकाइएको हो । सोसेक दैलेखको आयोजना र सरस्वती माध्यामिक विद्यालय तर्ताङ्गको समन्वय र एइआइएन लग्जेम्बर्ग र डिडिएच जर्मनीको सहयोमा छात्राहरुलाई महीनावारी सम्बन्धि अभिमुखिकरण सहित प्याड बनाउन सिकाइएको हो ।

स्थानीय स्तरमा सस्तो मूल्यमा प्याड बनाउन सिकाउने उदेश्यले विद्यालयमा पुगेर मर्यादित महीनावारी सम्बन्धि अभिमुखिकरण र प्याड बनाउने सिप प्रदान गरिएको सोसेक दैलेखका सहायक निर्देशक दुर्गा गिरीले बताउनुभयो । विद्यालयमा महीनावारी स्वच्छता व्यवस्थापनका लागि किशोरीहरुको अध्ययनमा बाधा पुगेकाले विद्यालयमा महीनावारी सम्बन्धि अभिमुखिकरण सहित प्याड बनाउन सिकाइएको गिरीले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत छात्राहरुमा महीनावारी सम्बन्धि विभिन्न समस्या देखा परेपछि प्याड बनाउन सिकाउने तालिमका लागि विद्यालयमा सहायक प्रधानाध्यापक लोकेन्द्र जिसी कुमारले पहल थालेका थिए । आर्थीक समस्याका कारण हुने असुरक्षित महीनावारी व्यवस्थापनमा सहयोग पुग्ने सहायक प्रधानाध्यापक जिसीको भनाई छ ।


महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न नसकेकै कारणले धेरै छात्राहरुको पढाईमा बाधा भएको भन्दै गिरीले विद्यालय स्तरमा गरिने यस्तो कार्यक्रमले छात्राहरुको पढाईमा बाधा नपर्ने बताउनुभयो । छात्राहरुलाई महेन्द्र अधिकारीले सेनेटरी प्याड बनाउन सिकाएका थिए । घरेलु सामग्रीहरुको सदुपयोग गरेर महिलाहरुमा हुने महीनावारीमा आवश्यक सेनेटरी प्याड बनाउन छात्राहरु समेत उत्साहित भएर सहभागि भएका थिए ।

सोहि विद्यालयमा महीनावारी सम्बन्धि अभिमुखिकरण तथा प्याड प्याड बनाउन सिकाउनुका साथै उनिहरुलाई मनोविमर्श परामर्श पनि गरिएको छ । दैलेखमा संचालिन बाल हेल्पलाइनमा कार्यरत मनोविमर्शकर्ता निर्मला विसीले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई मनोविमर्श परामर्श दिनुभएको हो ।

प्रतिक्रिया