बाल विकासका शिक्षकहरुलाई पनि शिक्षक सरह दरबन्दी र सुविधा आवश्यक – अध्यक्ष थापा

बाल विकासका शिक्षकहरुलाई पनि शिक्षक सरह दरबन्दी र सुविधा आवश्यक – अध्यक्ष थापा


दैलेख पुस ५ ।
नेपाल बाल विकास शिक्षक केन्द्रीय समितका अध्यक्ष कृष्णा थापाले बाल विकासका शिक्षकहरुलाई पनि शिक्षक सरह दरबन्दी र सुविधा हुनुपर्ने बताउनुभएको छ । बाल विकास शिक्षक संघर्ष समितिले आज दैलेखमा आयोजना गरेको जिल्ला स्तरीय भेला उहाँले सो विचार राख्नुभएको हो ।
अध्यक्ष थापाले बाल विकास केन्द्रहरुलाई समुदायबाट विद्यालयमा लिए पनि भौतिक संरचना, दिवा खाजा र उचित व्यवस्थापनमा स्थानीय तहहरुले रेखदेख नगरेको भन्दै असन्तुष्टी पोख्नुभयो ।
कार्यक्रममा नारायण नगरपालिका उपप्रमुख सावित्री मल्लले बाल विकास केन्द्रका सहजकर्ताहरुले स्वास्थ्य सरसफाई, असल चालचलन र पढ्ने उत्सुकता जगाउने गरेबाट बालबालिकाहरुलाई शिक्षा आर्जनमा उल्लेखनीय सहयोग गरेको बताउनुभयो ।
बाल विकास शिक्षक जिल्ला समिति दैलेखका अध्यक्ष शान्ता चन्दको अध्यक्षतामा शिक्षक भेला तथा सर्वपक्षीय छलफल कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खगेन्द्रबहादुर मल्ल, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष जीवराज तिमिल्सेना, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, नारायण श्रोत केन्द्रका श्रोत व्यक्ति हिमालयजंग शाह, बाल विकास शिक्षक जिल्ला समिति बाँकेका सचिव कमला बिष्ट, बाल विकास शिक्षक जिल्ला समितिका कोषाध्यक्ष टीकाकुमारी थापा लगायतले बाल विकास केन्द्र र शिक्षकहरुका सुविधा बृद्धिको आवश्यकता बारे बोल्नुभएको थियो ।

प्रतिक्रिया