होमस्टेमा माघे संक्रान्ति मेला

होमस्टेमा माघे संक्रान्ति मेला


ज्वाला संदेश संवाददाता
दुल्लु, ३० पुस
मगर समुदायको बसोबास रहेको दैलेखको दुल्लु नगरपालिका वडा नं. ११ खागीताडामा रहेको होमस्टेमा माघे संक्रान्ति विशेष मेला सम्पन्न भएको छ । मगरहरुको राष्ट्रिय साँस्कृतिक चार्डको रुपमा रहेको माघे संक्रान्तिको अबसरमा आयोजित मेला नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद् दुल्लुको आयोजनमा सम्पन्न भएको हो ।
दुल्लु नगरपालिका नगर प्रमुख घनश्याम भण्डारीले दुल्लु नगर भित्रका हरेका जातजातिका लोपहँुदै गएका भेषभुषा, सँस्कृति चाडपर्वहरु संरक्षण गरिने बताउनुभयो । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले साँस्कृतिक क्रान्तिको समय सकिएकोले अब आर्थिक उन्नतीको बाटोमा लाग्न आदिवासी जनजाति समुदायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघ कर्णाली प्रदेशका उपाध्यक्ष श्याम रानामगरले मगरहरुको संस्कृतिलाई मध्यनजर गर्दै दुल्लु नगरपालिकाले संरक्षरको उदारणीय काम गरेको बताउनुभयो ।


मगरहरुको चार्डपर्व, रितिरिवाज र भेषभुषा तथा संस्कृतिलाई जोगाउन मेला आयोजना गरिएको बताउँदै रानाले खागीताडामा संचालन गरिएको होमस्टेमा मगर समुदायको संस्कृतिक हेर्न र बुझ्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गएको बताउनुभयो । नेपाल महिला संघ दैलेख जिल्ला अध्यक्ष सिता कुमारी रानाले मगर समुदायको पहिचान जोगाउनुपर्ने धारणा राख्नुभयो ।
आदिबासी जनजाती कर्णाली प्रदेशकी उपाध्यक्ष सुर्य कुमारी क्षेष्ठले आफुहरुले पाएको अधिकारको सहि रुपमा प्रयोग गर्न आग्रह गर्दै आदिवासी जनजाति महासंघमा रहेका ५९ जातहरुमध्ये सरकारले १२ जातहरुको संरक्षण गर्न नसके उनिहरुको पहिचाननै धरासयी बन्ने बताउनुभयो । कार्यक्रममा मगर समुदायको भेषभुषा सहित उनिहरुको संस्कृति झल्कने तृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया