नगरपालिकामा पोषण कर्नर स्थापना

नगरपालिकामा पोषण कर्नर स्थापना

दैलेख माघ ६ ।
जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिकामा पोषण कर्नर (हरेक बार खाना चार) संचालनमा ल्याइएको छ । नगरपालिका र बहुक्षेत्रीय पोषण योजनाले पोषण कर्नर स्थापना गरेको हो । स्वास्थ्य शिक्षा सामग्रीको रुपमा जनचेतना बृद्धि गर्ने उदेश्य सहित पोषण कर्नर संचालनमा ल्याइएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार पोषण कर्नर मार्फत दैनिक रुपमा खानुपर्ने खानाहरु चित्रको माध्ययमबाट देखाइएको हो । पोषण कर्नर नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुको सहज देख्न सक्ने गरि राखिएको छ । स्वास्थ्य शाखा प्रमुख खड्काका अनुसार पोषण कर्नर वडा तहका विद्यालय, स्वास्थ्य संस्था लगाएतका सार्वजनिक स्थलमा राख्ने तयारी नगरपालिकाले गरेको छ ।

प्रतिक्रिया