सक्रिय शिक्षण सिकाई तालिम सम्पन्न
शिक्षकहरुका लागि ५ दिने सक्रिय शिक्षण सिकाई तालिम आज दैलेख वजारमा सम्पन्न भएकोछ । एकिकृत परियोजना लागु भएका कक्षा १ का शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो । एकिकृत परियोजना लागु भएका गाविस राकम कर्णाली, सिगौडी, विशाला, चामुण्डा, जम्वुकाँध, साविक पादुका, लालिकाँडा, पिलाडी सेरी र खड्गवाडा गाविसका २५ विद्यालवाट ११ जना महिला सहित २६ जनाको सहभागिता रहेको उक्त तालिम शिक्षा शिक्षा कार्यालय दैलेखको समन्वयमा संचालन भएको थियो ।
मिति २०७२ जेठ ३० गते देखि असार २ गते सम्म संचालन भएको उक्र तालिमको सहजीकरण खगेन्द्र भण्डारीले गर्नु भएको थियो भने सहयोगीको रुपमा सोसेकका सुपरभाईजर (फिल्ड अफिसर) वाशुदेव उपाध्ययले गर्नु भएको थियो ।
प्रतिक्रिया