तम्रा घर कर्णाली पारीको म्युजिक भिडियो दैलेखमा छायाँकन

तम्रा घर कर्णाली पारीको म्युजिक भिडियो दैलेखमा छायाँकन

दैलेख–सर्जक सुरेश राना मगरको देउडा गित ‘तम्रा घर कर्णाली पारी’ बजारमा आउने भएको छ । दर्जनौ गितको अपार सफलता पछि उनको देउडा गित बजारमा आउन लागेको हो । सुरेशको आफ्नै लय शव्द रहेको सो गितमा गायक, संगितकार तथा मोडल लोकेन्द्र जिसी कुमार र टिका पुनको स्वर रहेको छ ।
छिटै बजारमा लागेको सो गितको म्युजिक भिडियोको छायाँकन दैलेख लगाएतका स्थानमा गरिएको छ । चन्द्र मन्दिरको निर्देशन रहेको म्युजिक भिडियोमा पवन योगी, मदन, सुमित्राको मुख्य अभिनय रहेको छ । म्युजिक भिडियो दैलेखको पुरानो गढी, कोत गढी, बेलासपुर मन्दिर, चुप्रा, तालपोखरी लगाएतका स्थानमा छायांकन गरिएको छ ।

प्रतिक्रिया