शिक्षक महासंघको अध्यक्षमा शर्मा

शिक्षक महासंघको अध्यक्षमा शर्मा

दैलेख – नेपाल शिक्षक महासंघ दैलेखको अध्यक्षमा करुणाकर शर्मा खनाल चयन भएका छन् । खनालको नेतृत्वमा ४० सदस्यी समिति निर्विरोध निर्वाचित भएका छन् । समितिमा सह–अध्यक्ष सन्त खड्का, महिला उपाध्यक्ष लक्ष्मी थापा, उपाध्यक्ष दत्त प्रसाद जैसी, सचिब मिन भट्टराइ, सहसचिब नन्दा थापा, नरेन्द्र रेग्मी र अर्थ सचिवमा थिरबहादुर विक चयन भएका छन् । निर्वाचन समितिका संयोजक सुरेन्द्र अधिकारीका अनुसार नेपाल शिक्षक महासंघको विधान बमोजिम प्रत्येक संघ÷संघठनबाट १÷१ जना सह–सचिब समेत निर्वाचित भएका छन् । नेपाल शिक्षक महासंघ दैलेखले दैलेख बजारमा एक घोषणा सभामार्फत नयाँ कार्यसमितिको घोषणा गरेको हो । नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति उपाध्यक्ष तिर्थजंग शाहीको प्रमूख आथित्यतामा भएको उक्त कार्यक्रमा महासंघमा आबद्ध दैलेखका ८ ओटै संस्थाका केन्द्र तथा कर्णाली प्रदेशका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।
सबै शिक्षकको छाता संगठनको दैलेख जिल्ला कर्णाली प्रदेशमा सबैभन्दा ढिला भएता पनि सर्बसम्मत रुपमा नेतृत्व चयन भएकोमा सबै शिक्षकहरु साझा माग पुरा हुने र शिक्षक एकता कायम हुने शिक्षकहरुको भनाई छ । कार्यक्रमका प्रमुख अथिति शाहीले सबै शिक्षकका साझा माग महासंघले पुरा गराउन राज्यसंग निरन्तर लडाइमा रहेको र अबको केहि वर्ष भित्रमा १७ किसिमका शिक्षकको रुपमा रहेको वर्गिकरण एक हुनेमा शंका नगर्न र स्थानीय सरकारलाई शिक्षाको गुणस्तर कायम गर्न शिक्षामा लगानी गर्न र केन्द्र तथा प्रदेश सरकारलाई शिक्षा क्षेत्रबाट नपन्छिन आग्रह गरे ।
कार्यक्रममा अन्य बक्ताहरुले शिक्षकका साझा समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए । नेपाल राष्ट्रिय शिक्षक संगठन दैलेखका अध्यक्ष जीवराज तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न उक्त घोषणा सभाको कार्यक्रम संचालन नेपाल शिक्षक संघका अर्थ सचिब जीवराज रेग्मीले गरेका थिए भने दैलेख जिल्ला भरका महासंघमा आबद्ध संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया