दैलेखमा एसइई परिक्षा चिटलेस बनाइने

दैलेखमा एसइई परिक्षा चिटलेस बनाइने

दुल्लु, १० चैत – यस बर्षको माध्यामिक शिक्षा परिक्षा (एसइई) आज आइतवार देखि सुरु भएको छ । विद्यालय तहको महत्वपूर्ण खुट्किलो मानिने एसइई परिक्षामा यस पटक दैलेखबाट ५ हजार ३ सय जना परिक्षार्थी सामेल भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखले दिएको जानकारी अनुसार नियमिततर्फ ४ हजार ९ सय ५३ जना र ग्रेडबृद्धिका लागि ३ सय ४७ जना परिक्षार्थी परिक्षामा सहभागि छन् ।
एसइई परिक्षाका लागि दैलेखमा २४ वटा परिक्षा केन्द्र रहेको इकाई प्रमुख खगेन्द्र बहादुर मल्ले बताउनुभयो । २२ वटा नियमित तर्फको परिक्षा केन्द्र र २ वटा ग्रेडबृद्धिका लागि छुटै परिक्षा केन्द्र तय भएको उहाँको भनाई छ । परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन सबै सरोकारवाला निकायको उत्तिकै भुमिका हुने भन्दै इकाई प्रमुख मल्लले यस बर्षको एसइई परिक्षालाई ‘चिटलेस’ बनाउने दाबी गर्नुभयो ।
परिक्षा अनुगमनका नाममा हुने बेथिती अन्त्यका लागि कसैलाई पनि परिक्षा केन्द्रमा जान नदिन केन्द्राअध्यक्षहरुलाई निर्देशन दिईएको छ । पत्रकार वा कसैलाईपनि परिक्षा हल भित्र जान नदिने इकाई प्रमुख मल्लले बताउनुभयो । ‘परिक्षा मर्यादित हुन्छ, अनुगमनका नाममा कसैले परिक्षालाई अमर्यादित बनाउन खोजेमा कानुन बमोजीम कार्वाही हुन्छ,’ उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँग भने आवश्यकताका आधारमा पत्रकारलाई परिक्षा अनुगमनका लागि लगिने मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया