नमूना युवा संसद्को तयारी

नमूना युवा संसद्को तयारी

काठमाडौँ, चैत १२ गते – राष्ट्रिय युवा परिषद्ले दोस्रो नमूना युवा संसद्को तयारी शुरु गरेको छ । सरकारी क्षेत्रबाटै संस्थागतरूपमा अघिल्लो वर्षदेखि शुरु भएको नमूना युवा संसद्को अभ्यासलाई यो वर्ष थप स्थानीय तहसम्म पु¥याउन लागिएको हो ।
युवाको नेतृत्व तथा क्षमता विकासका लागि यस्तो अभ्यासलाई निकै महत्वपूर्णरूपमा लिने गरिन्छ । विभिन्न मुलुकहरुमा नमूना युवा संसद्को अभ्यास हुने गरेका छन् । युवाका समस्या, मुद्दा, चुनौती, सम्भावना र अवसरका विषयमा युवा संसदमा छलफल गर्दै युवामैत्री गाउँ÷नगर तथा नीति निर्माणमा भूमिका निर्वाह गर्न सकूँन् भन्ने उद्देश्यका साथ अभ्यास शुरु गरिएको हो ।
गत आर्थिक वर्षबाट परिषद्ले शुरु गरेको नमूना युवा संसद्को अभ्यास यो वर्षदेखि भने थप स्थानमा गर्न लागेको हो । गत वर्ष परिषद्ले सात प्रदेशका १४ स्थानीय तह र केन्द्रमा नमूना युवा संसद्को अभ्यास गराएको थियो । परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले यस वर्ष गत वर्षका स्थानीय तह, ७७ जिल्लाका एक÷एक स्थानीय तह र केन्द्रमा एउटा गरी जम्मा ९९ सय वटा नमूना युवा संसद् सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
चैत महिनाभित्र स्थानीय तहमा, वैशाखमा प्रदेशमा र जेठको पहिलो हप्ता केन्द्रमा नमूना युवा संसद्को अभ्यास गराइने जानकारी दिँदै सूचना अधिकारी पौडेलले भन्नुभयो,“यसका लागि प्रदेशस्तरीय युवा क्लबका पदाधिकारीहरुका लागि अभिमुखीकरण तालिम दिइसकेका छौँ ।”

प्रतिक्रिया