जम्बुकाँधमा निःशुल्क आँखा शिविर

जम्बुकाँधमा निःशुल्क आँखा शिविर

चामुण्डा (दैलेख) ।
चामुण्डाविन्दासैनीमा निशुल्क आँखा शिविर सञ्चालन भएको छ । मंगलबार देखि जम्बुकाँधमा चामुण्डाविन्द्रासैनी नगरपालिकाको आर्थिक सहयोग र सुर्खेत आँखा अस्पताल आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक आँखा उपचार केन्द्रको आयोजना सो शिविर संचालन भएको हो । तीन दिनसम्म संचालन गरिने आँखा शिविरमा करिब तीन सय जनाको निःशुल्क आँखा अपरेशन गर्न सकिने लक्ष्य राखिएको छ । शिविर संचालन भएसंगै चामुण्डाविन्द्रासैनी दूर–दराजका विभिन्न गाँउ–गाँउबाट आँखा जाँच गराउन आउनेहरुको समेत बाक्लो भिड लागेको छ । शिविरमा सामान्य आँखा परिक्षण देखी मोतिविन्दुको अपरेशन सम्मको सुबिधा गरिएकोे आयोजक निकायले बताएको छ । शिविरको उद्घाटन कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले आर्थिक अभावकै कारण कुनै पनि नागरीक स्वास्थ्य उपचारबाट बञ्चित नहोस भन्ने उद्देश्यले शिविर संचालन गरिएको बताए । साथै शिविर संचालन अवद्यीभर आउने समस्यालाई समधान गर्न नगरपालिकाले कुनैपनि कसूर नराख्ने प्रतिवद्धता जनाए ।
शिविर उद्घाटन समारोहमा उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले आँखा शिविर पूर्ण रूपमा निस्शुल्क रहेको जानकारि दिदै बेलौरी नगरपालिकाको पूर्ण सहयोग रहेको बताईन । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुका लागि शिविर संचालन गरिएको उनले बताईन । आयोजकले वडा नं. ८ को विन्द्रासैनी र वडा नं. २ को चाल्ने चौतारमा छनौट शिविर संचालन गरेको थियो । मंगलबारबाट संचालन भएको शिविर चैत्र २१ (विहिबार) सम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया