कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना गरिँदै

कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना गरिँदै

सुर्खेत – कर्णाली प्रदेशका १० ओटौ जिल्ला कारागारमा एकै साथ पुस्तकालय स्थापना गरिने भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहको नेतृत्वमा सञ्चालित कारागारलाई किताब अभियान समितीले यही चैत २३ गते कर्णालीका सबै जिल्ला कारागारमा एकैसाथ पुस्तकालय स्थापना गर्न लागिएको करागारलाई किताब अभियानका संयोजक डिआईजी महेशबिक्रम शाहले बताउँनु भयो ।

मंसिरदेखि शुरू भएको कारागारलाई किताब अभियानका क्रम्मा झण्डै २० लाख बराबरको ८ हजार ३८ वटा पुस्तक संकलन गरिएको बताउँनु भयो । डीआईजी शाहका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पाँच लाख बराबरका पुस्तक खरीद गर्न सहयोग गरेको थियो । हरेक कारागारमा बुक क्लब गठन गरिने भन्दै डिआईजी शाहले ती क्लबमा सहभागी हुनेहरूले हरेक शनिवार कारागारमा पुस्तको समीक्षा गर्ने, पुस्तक नपढ्नेलाई पढ्न प्रेरणा दिने जस्ता कामहरू गर्ने बताउनुभयो ।

२३ गते उद्घाटनका दिन प्रत्येक जिल्लामा देशका चर्चित लेखकहरुको समेत सहभागीता रहने र पुस्तक विमर्श समेत गरिने डिआईजी शाहले जानकारि दिनुयो । फरक प्रसंगमा बोल्दै डिआईजी शाहले कर्णालीमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धम्की दिँदैमा नडराउन सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

चन्दा आतंक तथा धम्कीबाट नडराई जनताको सेवा गर्न उहाँले आग्रह गर्नुभएका हो । सरकारले उनिहरुका गतिबिधीहरुमा बन्देज समेत लगाएको भन्दै डिआईजी शाहले हाल कर्णालीमा विप्लवका गतिबिधी सुन्य भएको दावी समेत गर्नुभयो । कर्णालीको भौगोलिक बनावट अनुसार प्रत्येक स्थानिय तहमा तिनै तहका सुरक्षा निकाय परिचालन गरिए भन्दै डिआईजी शाहले कुनै पनि जनप्रतिनिधी यात नागरिकले आफुलाई असुरक्षीत महशुस गरे नजिक्को प्रहरीलाई खबर गर्न समेत आग्रह गर्नुभयो ।।

प्रतिक्रिया