लोकेन्द्रको ‘तम्रा घर कर्णाली पारी’

लोकेन्द्रको ‘तम्रा घर कर्णाली पारी’

दैलेख चैत २१ ।
कर्णाली प्रदेशको दैलेखका ऐतिहासिक धार्मीक तथा पुरातात्विक स्थलहरुमा छायाँकन गरिएको ‘तम्रा घर कर्णाली पारी’ बोलको देउडा गितको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायक, रचनाकार, संगिचतकार, मोडल तथा म्युजिक भिडियो निर्देशक लोकेन्द्र जिसी कुमारको उक्त देउडा गितको म्युजिक भिडियो मंगलवार सार्वजनिक भएको हो ।

दर्जनौ गितमा श्वर दिईसकेका लोकेन्द्रको ‘तम्रा घर कर्णाली पारी’ बोलको नयाँ देउडा गीतले यतिबेला चर्चा पाएको छ । उक्त गितमा चर्चित गायक लोकेन्द्र जिसी कुमार र गायिका टिका पुनको स्वर रहेको छ । सुरेश रानामगरको लय शव्द रहेको उक्त देउडा गितको म्युजिक भिडियोमा पवन कुमार योगी, प्रेमा विक, मदन रेग्मी र सुमित्रा चौधरीले अभिनय गरेका छन् । प्रस्तुत गितको म्युजिक भिडियोलाई चन्द्र मन्दिरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो लय तथा शब्द संकलक सुरेश रानाले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

दैलेखमा पहिलो पटक ड्रोन क्यामराबाट म्युजिक भिडियोको छायाँकन गरिएको गायक लोकेन्द्र जिसी कुमारले बताए । उक्त गितको म्युजिक भिडियो दैलेखको ऐतिहासिक कोतगढी, बेलासपुर मन्दिर, लोहोरे र छामघाटको संगम स्थल चुप्रा दोभान लगाएतका स्थानमा छायाँकन गरिएको हो ।

ज्वाला सन्देश अनलाइनसँग कुरा गर्दै गायक जिसीले भने गितमा ‘तम्रा घर कर्णाली वारी ओ सुवा, मेरा घर कर्णाली वारी ओ सुवा, भेट भयाका कञ्चनपुर मेला दुखन लागन्छ छुटन्या बेला’ जस्ता गाउँघरमा बोलिने ठेट भाषाका मौलिक शब्द प्रयोग भएको छ, ।’

प्रतिक्रिया