नागरीक समाजले बुझायो ज्ञापन पत्र

नागरीक समाजले बुझायो ज्ञापन पत्र

दैलेख–जिल्लास्थित नागरीक समाज संस्थाहरुद्धारा आईतवार नारायण नगरपालिकामा संयुक्त रुपमा ज्ञापन पत्र वुझाईएको छ । नागरीक समाज संस्थाहरुको नेतृत्व गर्दै नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष कृष्णप्रसाद देवकोटाद्धारा सो ज्ञापन पत्र नगरपालिका उप प्रमुख सावित्री मल्ललाई हस्तान्तरण गरीएको थियो ।
शनिवार सम्पन्न भएको नगरपालिकाको नगर परिषदमा नागरीक समाज संस्थाहरुलाई नवोलाईएको भन्दै उक्त ज्ञापन पत्र वुझाईएको वुझिएको छ । नगरपालिकाका उप प्रमुख मल्ललाई वुझाईएको सो ज्ञापन पत्रमा जिल्लास्थित विभिन्न नागरीक समाज संस्थाका १३ जनाको हस्ताक्षर रहेको छ । सो ज्ञापन पत्रमा योजना तर्जुमा तथा नीतिनिर्माण प्रक्रियामा समुदाय, लक्षित वर्ग, पेशाव्यवसायी र नागरीक समाजको सहभागिता गराउनु नगरपालिकाको दायित्व रहेको उल्लेख गर्दै नगरपालिकाले त्यसतर्फ ध्यान नदिएकोले ध्यानाकर्षण गराईएको वताईएको छ । ज्ञापन पत्रमा स्थानिय तहलाई सहयोग र सहकार्य गर्न चाहेको नागरीक समाजलाई अव उप्रान्त योजना तर्जुमा र नीतिनिर्माण प्रक्रियामा सहभागी गराउने पर्ने माग गरीएको छ भने समृद्ध नगर निर्माणमा नागरीक समाजको सदैव सहयोग हुने कुरालाई समावेश गरीएको छ ।
नागरीक समाज संस्थाहरुले वुझाएको ज्ञापन पत्र वुझ्दै नगर उप प्रमुख सावित्री मल्लले योजना तर्जुमा र नीतिनिर्माण प्रक्रियामा नागरीक समाजलाई समेट्न केही त्रुटी भएको औल्याउदै आगामी दिनमा यस्ता कमजोरी नदोहोरिने प्रतिवद्धता व्यक्त गरेकी थिईन् । उनले यस आर्थिक वर्षमा तर्जुमा गरीएका केही योजनाहरुलाई शंसोधनका लागि मात्र नगर परिषद गरीएको प्रष्ट पार्दै शंसोधित योजनाहरु सार्वजनिक गर्ने पनि जानकारी दिएकी थिईन् ।
सो ज्ञापन पत्रमा जिल्लामा क्रियाशिल नागरीक समाज संस्थाहरु क्रमशः नागरीक समाज संयोजक खड्गवहादुर सिजापति, सदस्य डिलकुमारी चन्द, सदस्य अमर सुनार, माधव थापा, नेपाल शिक्षक संघका सभापति कृष्णवहादुर थापा, नेपाल वार ईकाईका अध्यक्ष यामराज थापा, महिला शसक्तिकरण मंचका उपाध्यक्ष सविना विक, स्थानिय सभाका संयोजक पदमवहादुर विसी, नेपाल राष्ट्रिय कृषक समुह महासंघका सदस्य तेजवहादुर थापा, चेतना वालक्लवका कोषाध्यक्ष प्रतिक्षा विक, सामुदायिक संचारकर्मी रजनी योगी, सुन्दर नेपाल संस्थाका कार्यक्रम अधिकृत यज्ञराज थापा र नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष कृष्णप्रसाद देवकोटाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया