छाउपडी प्रथा र छुवाछूत समस्या : विकासकाे बाधक

छाउपडी प्रथा र छुवाछूत समस्या : विकासकाे बाधक

दैलेख- – महाबु गाउँपालिकाका वडाा नं. ६ का वडाध्यक्ष डम्बरबहादुर थापाले छाउपडी प्रथा र जातीय विभेद तथा छुवाछूत समस्या समाज विकासकाे बाधक भएकाे बताउनुभएकाे छ ।महाबु गाउँपालिका वडा नं. ६ वडा कार्यालयले अाज टाकुरीमा अायाेजना गरेकाे छाउपडी र जातीय विभेद विरुद्ध सचेतना कार्यक्रममा बाेल्दै साे कुरा बताउनुभएकाे हाे ।महिनावारीकाे समयमा सरसफाईलाई बढी ध्यान दिनु पर्ने वडाध्यक्ष थापा सुझाव दिनुभयो ।त्यसबखत अधिकारकर्मी पत्रकार अमर सुनारलेे टाकुरीमा जातीय विभेद र छाउपडी समस्या कम भए पनि निर्मूल हुन नसकेकाे टिप्पणी गर्नुभयाे । उहाँले विभेद हटाउन गैरदलित समुदायकाे सहयाेग र सद्भाव बढी प्रभावकारी हुने बताउनुभयाे ।महाबु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दशाैदीले देउता र पाकापुरानाका कारण महिनावारीकाे बेला महिलाहरु विभेद भाेग्नु परेकाे समस्या दर्शाउनुभयाे ।महाबु गाउँपालिका वडा नं. ६ का वडा सदस्य बीरमा बिककाेे अध्यक्षतामा भएकाे कार्यक्रममा वडासदस्य दलबहादुर बिक, नासु गाेविन्द थापा, अधिकारकर्मी जयबहादुर बिक, पत्रकार भरत अधिकारी, सामुदायिक स्वास्थ्य इकाई प्रमुख गणेश भण्डारी र गाउँपालिका कम्प्यूटर अप्रेटर राजेश हमाल बाेल्नु भएकाे थियाे । त्यसबखत खुला छलफल र साँस्कृृृृति कार्यक्रम समेत प्रस्तूत गरिएको थियोे । महाबु गाउँपालिका वडा नं. ६ वडा कार्यालयले एकपाटेमा छाउपडी र जातीय विभेद विरुद्ध सचेतना कार्यक्रम तय गरिएकाे थियाे।

प्रतिक्रिया