‘भागौ भने बाल विवाहको मद्धा चलनी’

‘भागौ भने बाल विवाहको मद्धा चलनी’

दैलेख बैशाख ३० गते ।
बाल बिवाह अन्त्यका लागि चर्को बहस भईरहेका बेला बाल विवाह न्यूनिकरणको संदेश बोकेको गीत सार्वजनिक भएको छ । नेपाली समाजमा जटिल बन्दै गएको बाल विवाह न्यूनिकरणका लागि यथार्थ चित्रण गरिएको गीत सार्वजनिक भएको हो । दैलेखका बाल कलाकार रुपेश चन्दको स्वरमा सजिएको ‘बालखैमा दिल बस्यो गौथली, भागौ भने बाल विवाहको मुद्धा चलनी’ संदेशमुलक गीत सार्वजनिक भएको हो ।
बाल कलाकार चन्द दैलेखको रेडियो ध्रुवतारा एफएमले संचालन गरेको दैलेख आइडलका बिजेता समेत हुन् । गीतमा ‘दैलेख बजार धुमनी, कर्णाली पुल चढनी, तीमी सानै म सानै रहर मात्रै होलानी’ ‘गौथली तम्रा, हातमा चुरा लगाउने मन छनी, गाउँलेलाई साक्षी राखेर बाजा बजाउने मन छनी’ लगाएतका शब्दहरु समावेश गरिएका छन् ।
कर्णाली प्रदेशका विभिन्न स्थानमा छायांकन गरिएको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । गितको म्युजिक भिडियो वएसआएर डिजिटल युटुब च्यालनबाट सार्वजनिक भएको हो । निर्मल पौडेलद्धारा निर्देशीत गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ । गीतमा बाल कलाकार मिलन बिक र पुजा गाहाको अभिनय रहेको छ भने हेमन्त भुसालले नृत्य निर्देशन गरेका छन् ।

हेर्नुहोस् यस्तो छ गीत

प्रतिक्रिया