मनै दुखाउने तस्बिर: कर्णालीको धमिलो पानी सिधै पिउछन यी विद्यार्थीहरु ! (फाेटाे फिचर)

मनै दुखाउने तस्बिर: कर्णालीको धमिलो पानी सिधै पिउछन यी विद्यार्थीहरु ! (फाेटाे फिचर)

दैलेखको आठबीस नगरपालिका वडा नं. ४ राकमकर्णालीकाे जनज्योति माध्यमिक स्कुलका विद्यार्थीको तस्बिर हो यो । यो तस्बिर हेर्दा जोकोही पनि दुखित हुन्छन् । एकपल्ट जस्तो मानिसलाई पनि यो तस्बिरले भावुक बनाउँछ । फोटो पत्रकार हिक्मत बहादुर नेपालीले कैद गरेको यो तस्बिर कर्णाली नदीको हो । विशाल कर्णाली नदीमा धमिलो पानी बगिरहेको छ । तिर्खा लागेपछि जनज्योति माध्यमिक स्कुल का विद्यार्थीहरू बोतल लिएर कर्णाली नदी जान्छन् र उभाएर सिधै पानी पिउँछन् । तस्बिरमा पनि स्कुले छात्र छात्राले बोतलको पानी पिइरहेको देखिन्छ । हिउँदमा कर्णालीको पानी स्वच्छ र सफा भए पनि बर्खायाममा हरबखत धमिलो हुन्छ । स्कुले विद्यार्थी धमिलो पानी पिउन बाध्य छन् ।

प्रतिक्रिया