गुणस्तरिय शिक्षामा जोड

गुणस्तरिय शिक्षामा जोड

दैलेख वैशाख ३१ ।
नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष पद्मीनी थापाले गुणस्तरिय शिक्षामा जोड दिनुभएको छ । नेपाल शिक्षक संघको ३० औँ स्थापना दिवसका अवसरमा सोमवार यहाँ आयोजित कार्यक्रममा उहाँले विभिन्न विचारका शिक्षकहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभएको हो । ‘मेरो विचारमा शिक्षामा गुणस्तरियता ल्याउन शिक्षकहरुको अहम् भूमिका रहन्छ,’ उहाँले भन्नुभयो ‘शिक्षक शब्द आफैमा महत्वपूर्ण हो तर केहि शिक्षक साथीहरु आफुलाई शिक्षक हुँ भन्न पनि लाज मान्नुहुन्छ ।’ स्थापना दिवस उत्सब र विशेष चार्डको रुपमा रहेको औल्याउदै केन्द्रीय उपाध्यक्ष थापाले नेपाली काँग्रेस पार्टी छिन्नभिन्न हुँदा शिक्षक संघ एक ढिक्का भएको स्मरण गराउनुभयो ।
कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाहीले शिक्षकका पेशागत हक हितका लागि संघर्ष गर्नुपर्ने बताउनुभयो । ‘लोकतन्त्र विचारधारामा प्रतिबद्ध हुनुपर्छ,’ शाहीले भन्नुभयो ‘शिक्षकहरुको संस्थागत विकास कसरी हुन्छ त्यो पनि जिम्मेवारी हुन जान्छ ।’ अर्धशिक्षिक मुलुकलाई स्तानान्तरण गरेर लोकातन्त्रीक प्रर्णालीलाई अबलम्वन गर्नुपर्ने उहाँको भनाई छ । सोहि अबसरमा नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण कुमार विसीले संघको ३० औँ स्थापना दिवसको शुभकामना दिँदै शिक्षकहरुलाई एकताबद्ध भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख खगेन्द्र मल्लले शिक्षकलाई तीनै तहमा समायोजन गर्ने नीति भएको स्मरण गराउनुभयो । शिक्षकहरुको समायोजन अपरिहार्य रहेको बताउँदै मल्लले भन्नुभयो ‘शिक्षा क्षेत्रको व्यवस्थापनमा थुप्रै चुनौतीहरु छन् तर स्थानीय सरकारहरु सडक खन्नमै व्यस्त छन् ।’
नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष सिता राना, केन्द्रीय सदस्य प्रभा सिजापती, नेपाल शिक्षक संगठन दैलेखका अध्यक्ष जीवराज तिमिल्सेना लगाएतले नेपाल शिक्षक संघको स्थापनबारे चर्चा गरेका थिए ।
स्मारिका विमोचन
नेपाल शिक्षक संघको ३० औँ स्थापना दिवसका अवसरमा स्मारिका विमोचन गरिएको छ । नेपाल शिक्षक संघ दैलेख द्धारा आयोजित सम्मान तथा स्मारिका विमोचन कार्यक्रममा स्मारिका विमोचन गरिएको हो । नेपाल शिक्षक संघ स्मारिका २०७५ को दोस्रो अंक विमोचन गरिएको संघका जिल्ला अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो । स्मारिका बारे नरेन्द्र उपाध्यायले जानकारी गराउनुभएको थियो । स्थापना दिवसको अबसरमा दुल्लु नगरपालिका–१० गमौडी नाविस्थान स्थित पञ्चकोशी वेद विद्या आश्रम, धार्मीक विद्यालयमा खाद्यान्न लगाएत प्रदान गरिएको छ । नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष पद्मीनी थापा, नेपाली काँग्रेस दैलेखका नेता, शिक्षक संघका पदाधिकारीहरु सहितको टोली विद्यालयमा पुगेर खाद्यान्न लगाएतका सामग्री प्रदान गरेको हो ।

प्रतिक्रिया