ढिस्कोले परिदा ५ घाईते

ढिस्कोले परिदा ५ घाईते

दैलेख, कात्तिक ३ – दशैंका लागि माटो लिन गएका तोलिजैसी – ८ पाँचतलामा ५ बालबालिकाहरु माटोको ढिस्कोले पुरिदा घाईते भएका छन् । माटो खन्दै गरेका बालबालिकाहरु अचानक माटोले छोपिएपछि घाईते भएका हुन् ।

माटो निकाल्दै एक बालक
माटो निकाल्दै एक बालक

घाईते हुनेमा तोलिजैसी – ८ का १८ वर्षिय दिपेन्द्र खत्री, सोई वडामा बस्ने ९ वर्षिय सन्दिप बढुवाल, १२ वर्षिय शेरबहादुर बढुवाल, ९ वडामा बस्ने ९ वर्षिया रेश्माकुमारी सिजापती, १४ वर्षिय मानबहादुर रोकाय रहेका छन् । उनीहरुको टाउको, खुट्टामा चोट लागेको छ । स्थानीयसंग मिलेर ठाँटीकाध प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उद्धार गरेको दैलेख प्रहरी प्रमुख डिएसपी विरबहादुर वलीले बताए । उनीहरु स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

प्रतिक्रिया