भैरबीमा एम्बुलेन्स सेवा सुरु

भैरबीमा एम्बुलेन्स सेवा सुरु

दैलेख जेठ ९ । जिल्लाको भैरबी गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू निर्वाचित भएपछि स्थानीय वासीहरुको इच्छा र चाहना अनुरुप काम गर्ने योजना बनाए अनुरुप एम्बुलेन्स सेवा ल्याएको बताए । बुढाले अब जनताले तत्काल आबश्यक उपचारको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने अबस्थाबाट केही राहत पाउने आशा व्यक्त गरे ।

अब १÷२ दिन भित्रै उचित भाडादर कायम गरि बिरामिहरुको सेवामा २४ सै घन्टा एम्बुलेन्स उपलब्ध हुने ब्यबस्था मिलाइने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद देवकोटाको भनाई छ । बिरामिहरुको आयस्तर हेरि चर्को शुल्क नभइ उचित भाडादर निर्धारण गरिनेपनि उनले जानकारी दिए ।

गाउँपालिकाका प्रायः सबै वडाहरुमा बाटोघाटोको संजाल जोडिएको भएपनी एम्वुलेन्सको अभावमा बिरामिहरुले अकालमै ज्यान गुमाउनु परेको थियो । गाउँपालिकाले आफ्नै लगानिमा एम्बुलेन्स खरिद गरि बिरामिहरुको सेवामा खटिएपछी जनताले राहत महसुस गरेका छन् ।

। गाउँपालिकाका प्रायः सबै वडाहरुमा बाटोघाटोको संजाल जोडिएको भएपनी एम्वुलेन्सको अभावमा बिरामिहरुले अकालमै ज्यान गुमाउनु परेको थियो । गाउँपालिकाले आफ्नै लगानिमा एम्बुलेन्स खरिद गरि बिरामिहरुको सेवामा खटिएपछी जनताले राहत महसुस गरेका छन् ।

यसअघि जिल्लाका अन्य केही स्थानीय तहहरुले एम्बुलेन्स खरिद गरि जनताहरुलाइ सेवा दिन थालेपछी भैरबीमा पनि एम्बुलेन्स ल्याउनु पर्नेमा जनमाग बढेको थियो । माग पूरा भए सङ्गै गाउँ पालिकावासीको सपना पूरा भएको स्थानीयवासीहरुले बताएका छन् । ७ वटा वडा रहेको गाउँपालिका कालिकोटको सिमानासङ्ग जोडिएको र केही दुर्गम बस्ती समेत रहेकोले आम सर्वसाधारणलाई राहत होस भनी एम्बुलेन्स चालकको नम्बर पनि उपलब्ध गराइने अध्यक्ष बुढाले जाकारी दिए । चालकलाई पनि बिरामिहरुको सेवामा लागि पर्न निर्देशन दिइसकेकोले आबश्यक परेको खण्डमा जुनसुकै बेलापनी सेवा लिन सकिने समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया