संस्कृति संरक्षणमा दैलेखका युवा पुस्ता

संस्कृति संरक्षणमा दैलेखका युवा पुस्ता

कृष्णप्रसाद अधिकारी
दैलेखः
सांस्कृतिक र धार्मिक रुपमा महत्वपूर्ण मानिएको जिल्लाको पुराना मेला, महोत्सब, तथा जात्रा लोप हुने अवस्थामा पुगेको बेलामा दैलेखका नयाँ पुस्ताले भने पुरानो सँस्कृति संरक्षण गर्दै जात्रालाई नयाँ स्वरुप अनुसार सञ्चालन गरेका छन् । दैलेख जिल्लामा विभिन्न चार्डपर्वमा विभिन्न ठाउँमा जात्रा लाग्ने गर्दछन् । त्यसमध्यको एक जात्रा दुल्लु नगरपालिका – २ कोटाथालामा सम्पन्न भएको छ । जुन जात्रामा हरेक बर्षको भादै १ गतेका दिन लाग्ने गरेको थियो । अहिले जात्रामा दुल्लु नगरपालिका वडा नं. २ ले लोक तथा लोक देउडा गित आयोजना गरि जात्रालाई थप रौनक बनाएको छ ।
संरक्षणको अभावमा लोप हुन लागेका मौलिक कला संस्कृतिको संरक्षणमा दैलखका युवा अघि सरेका छन् । युवाको उक्त अभियानलाई स्थानीय सरकारले पनि साथ दिएको छ । वषौँदेखि संचालन हुँदै आएका यस्ता जात्राहरु लोप हुदै गएको बेला जात्रा लोप हुन नदिनको लागि दुल्लु नगरपालिका वडा नं दुई ले लोकगित तथा लोक देउडा प्रतियोगिताको आयोजना गरि जात्रालाई रौनक र बिगतका बर्षमा लाग्ने जात्रा भन्दा यो बर्षको जात्रा राम्रो भएको जात्रा हेर्न आएका स्थानिय बताउँछन् ।
युवामा पुराना संस्कृति संरक्षण गर्नुपर्छ, भन्ने भावनालाई स्थानीय सरकारले सहयोग गरेपछि हामिले कार्यक्रम आयोजन ागर्ने होसला बढेको स्थानीय युवा इन्द्रबहादुर कार्कीले बताए । नयाँ पुस्तामा आफनो संस्कार संस्कृतिमा चासो बढाएको उल्लेख गर्दै कार्कीले भने, ‘स्थानिय कला संस्कृति संरक्षणमा युवाको चासो बढ्नुले लोपोन्मुख संस्कृति संरक्षणको सकारात्मक पक्ष हो ।’
नाउँलेकटुवालमा कटुवाल बसोबास रहेको गाई गोठालाले बर्षात सकिएपछि डाँडामा गएर एक किमिको जात्राको आयोजना गरि आफुसैग भएका सामाग्री र बस्तुहरु साटासाट तथा बिक्रि वितरण गर्ने उद्देश्यले लगाउँने गरेको यो जात्रा स्थान २ नं क्षेत्रको सबै भन्दा अग्लो स्थानमा रहेको र यस डाँडा बाट भारतका केहीभुभाग र राजापुर सहर समेत देखिने जेठो जात्राकारुपमा लिने गरिन्छ ।

यस जात्रामा गाइने डाडी भाका लोकगित देउडा, लोक गित सबैको संरक्षण गर्दै उक्त जात्रा लाग्ने स्थानमा मन्दिर बनाएर ब्यवस्थित गर्ने दुल्लु नगरपालिका २ का वडा अध्यक्ष लक्ष्छीराम थापाले बताए । नयाँ पुस्तालाई पुरानो कला संस्कृतिप्रति जिम्मेवार बनाउँदै त्यसको संरक्षणमा गम्भिरतापूर्वक लाग्न दई नं वडाले विशेष अभियान थालनी गरेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया