विशालको अभिनय

विशालको अभिनय

दैलेख – नेपाली संचारक्षेत्रको चिर परिचित अनुहार हो, विशाल सुनार । पत्रकारितामा १७ बर्षे लामो अनुभव प्राप्त पत्रकार विशालले ‘विहान सम्झे, साझँमा सम्झे’ बोलको लोकपप म्युजिक भिडियोबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । उक्त लोकपप दैलेखमै निर्माण गरिएको पहिलो म्युजिक भिडियो हो । त्यसको केहि समयपछि उनले ‘फुल टिपी लाइदेउन निर्माया’ बोलको म्युजिक भिडियोमा अभिनय गरे ।
‘विहान सम्झे, साझँमा सम्झे’ गीतबाट प्रारम्भ उनको अभिनय यात्रा म्युजिक भिडियोमै केन्द्रित छ । यद्यपि विशाल कुनै दिन नेपाली चलचित्रमा देखा परे भने अचम्म नमाने हुन्छ । विभिन्न गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका विशाललाई अहिले एउटा तीज गीतले थप चर्चामा ल्याएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर सार्वजनिक गरिएको ‘झुम्का लगाइदेउ’ बोलको गीत अहिले युट्यूबमा चर्चा पाएको छ ।

दैलेखका प्रसिद्ध धार्मिक स्थल बेलासपुर मन्दिर क्षेत्रमा छायांकन गरिएको तीज गीत ‘झुम्का लगाइदेउ’ को भिडियोमा अभिनय गरेका विशाल यतिबेला बधाई थाप्न व्यस्त छन् । बहुप्रतिभाका धनि पत्रकार विशाल एपीवान एचडी टेलिभिजनमा दैलेखबाट काम गर्दै आएका छन् भने बेलासपुर राष्ट्रिय साप्ताहिक पत्रिका चलाउँछन् ।
‘मैले गाउँछु उनले नाच्छिन् जोडि मिल्यो हाम्रो, अरु भन्दा मेरो लागि मेरै बुढी राम्रो’ जस्ता शब्द उक्त तीज गीतमा समेटिएको छ । आफ्नै मौलिकतामा रहेको महेन्द्रशाही राष्कोटी र प्रतिमा विश्वकर्माको आवाजमा रहेको उक्त गीत बजारमा आएसँगै चर्चा बटुल्दै आएको छ । विशाल सुनार र आशा शाहीद्धारा अभिनित उक्त तीज गीत मान बहादुर ओलीले सम्पादन गरेका हुन् ।

हेर्नुहोस गित

प्रतिक्रिया