संघीयता जनहितमा छ : रेग्मी

संघीयता जनहितमा छ : रेग्मी

दैलेख : कर्णाली प्रदेशसभाका सदस्य धर्मराज रेग्मीले नेपालमा अभ्यासको कमीले अस्तव्यस्त देखिए पनि संघीयता जनताको हितमा भएको बताएका छन् । कर्णाली फाउण्डेसनको आयोजनामा दैलेखमा भएको ‘कर्णाली प्रदेशको सार्वजनिक र निजी साझेदारीको सेवा विध्ययक २०७५’ सम्वन्धी टाउनहल मिटिङ्गमा उठेका सवालहरुको सम्वोधन गर्दैै उनले भने सबैले सकारात्मक भएर सोच्नुपर्छ ।
त्यस बखत कर्णाली प्रदेशका अर्का सदस्य राजु नेपालीले संघीय संरचनाले दलित, महिला, जनजाति लगायका पिछडिएको समुदायले प्रतिनिधित्व र अधिकारको अभ्यास गर्न पाएको बताइन् । प्रदेशसभा सदस्य सुशील थापाले स्थानीय सरकारहरुले जनशक्ति अभाव र नीतिगत अन्यौलताले जनअपेक्षा अनुसार काम हुन नसकेको बताउदै स्थानीय सरकारलाई सबैले सकारात्मक भई सहयोग गर्नुपर्ने सुझाव दिए ।
कर्णाली फाउडेसनका अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता पदमबहादुर शाहीले संघीय व्यवस्थाका उपयोगिता, प्रदेश र स्थानीय सरकारका कठिनाईलाई बारे जनता बुझिदिनुपर्ने अवस्था र जनप्रतिनिधिहरुको अग्रसरता आवश्यकता बारे सहजीकरण गरेका थिए । त्यस बखत खुला छलफल र विध्येक गरिनुपर्ने व्यवस्था बारे समूह कार्यबाट सुझाव संकलन गरिएको थियो ।

प्रतिक्रिया