जब सन्नी लियोनीको शीरमा नेपाली झण्डासहितको भादगाउँले टोपी सजियो

जब सन्नी लियोनीको शीरमा नेपाली झण्डासहितको भादगाउँले टोपी सजियो

काठमाडौं भदाै २७- बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार काठाडौं आइपुगिन् । नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर र प्रचारका लागि उनी काठमाडौं आएकी हुन् । जुन फिल्ममा सन्नीको पनि एउटा ‘आइटम डान्स’ छ । बिहीबार साँझ काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कँदै गर्दा उनलाई देख्नेहरु भने दंग भए ।
रोचक त के भने, सन्नी विमानस्थलमा उत्रिरहँदा नेपाली भादगाउँले ढाका टोपीमा सजिएकी थिइन् । कालो ‘गेटअप’मा आएकी सन्नीलाई स्वागत गर्नेहरुले विमानस्थलमै खादा सहित भादगाउँले टोपी लगाइदिएका थिए । क्रस नेपाली झण्डासहितको कालो टोपीमा सजिएकी सन्नीलाई हेर्नेहरुको घुइँचो थियो ।विमानस्थलको गेटमै केही बेर सन्नीसँग तस्बिर खिच्नेहरुको भीड नै लागेको थियो । सन्नी विमानस्थलबाट हायात होटेलमा पुगेर बसेकी छन् । कुमारी होटलमा प्रिमियरमा सहभागी भएपछि केही स्थान घुमेर उनी शनिबार भारत फर्किने कार्यक्रम छ ।
अघिल्लो पटक डान्स प्रस्तुती दिन काठमाडौँ आएकी सन्नी यसपटक आफैँले डान्स गरेको चलचित्रको प्रचारका लागि आएकी हुन् । सन्नीले डान्स गरेको फिल्म पासवर्ड बेलायतमा सूटिङ गरिएको थियो ।

प्रतिक्रिया