महिला तथा बालबालिका केन्द्रको अवलोकन

महिला तथा बालबालिका केन्द्रको अवलोकन

दैलेख भदौ २८ ।
जिल्ला न्यायधिश दण्डपाणी लामिछाने, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, डिएसपी हरिबहादुर ओली सहितको टोलीले महिला तथा बालबालिका केन्द्र (सेल्टर) र बाल हेल्पलाईन १०९८ को अवलोलन गरेका छन् । टोलीले राष्ट्रिय बाल दिवसको अबसर पारेर केन्द्रमा रहेको बालबालिकालाई स्विटर प्रदान गर्नुका साथै अवलोलन गरेको हो ।

टोलीले सामाजिक विकास मन्त्रालय, एईआईएन/टिडिएचको सहयोगमा जोखिममा परेका महिला तथा बालबालिको उद्धार, मनोविमर्श, संरक्षण, कानुनी परामर्श, पूनस्र्थापनाका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित महिला तथा बालबालिका केन्द्र र केन्द्रीय बाल कल्याण समिति, एइआइएन/टिडिएच जर्मनीको सहयोगमा जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि संचालनमा रहेको बाल हेल्पलाईन १०९८ को अवलोकन गरेको हो ।
अवलोलनका क्रममा महिला तथा बालबालिका केन्द्र (सेल्टर) र बाल हेल्पलाईन १०९८ व्यवस्थीत रुपमा संचालन गरिएको प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले थप व्यवस्थित गर्दै लैजान सुझाव दिए । सोहि अबसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष दुर्गाकुमारी श्रेष्ठ, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, हेल्पलाइन संयोजक रमा श्रेष्ठ लगाएत सहभागि थिए ।

प्रतिक्रिया