बालबालिकालाई स्विटर वितरण

बालबालिकालाई स्विटर वितरण

दैलेख भदौ २८ ।
राष्ट्रिय बाल दिवसको अबसर पारेर दुल्लु नगरपालिका–१० गमौडी नाविस्थान स्थित पञ्चकोशी वेद विद्या आश्रम, धार्मिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा (स्विटर) वितरण गरिएको छ । दिवसकै अबसरमा महिला तथा बालबालिका केन्द्र (सेल्टर) र बाल हेल्पलाईन १०९८ मा रहेका दुई जना बालकलाई समेत स्विटर वितरण गरिएको छ ।

नारायण नगरपालिकाको २० हजार, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको पाँच हजार, महिला सशक्तिकरण मञ्च दैलेखको ३ हजार, सुन्दर नेपाल संस्थाको ३ हजार पाँच सय र सेतो गुराँस बाल विकास केन्द्रको २ हजार गरी ३३ हजार पाँच सय रुपैयाँ बराबरको न्यानो कपडा स्विटर वितरण गरिएको बताइएको छ ।
दिवसका अबसरमा न्यानो कपडा वितरण गर्न जिल्ला न्यायधिश दण्डपाणी लामिछाने, जिसस प्रमुख प्रेमबहादुर थापा, नारायण नगरप्रमुख प्रेमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, डिएसपी हरिबहादुर ओली, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष दुर्गा कुमारी श्रेष्ठ लगाएतको टोली पञ्चकोशी वेद विद्या आश्रम, धार्मिक विद्यालयमा पुगेको थियो ।

प्रतिक्रिया