वन नीति संशोधन हुन्छ : सांसद शर्मा

वन नीति संशोधन हुन्छ : सांसद शर्मा

दैलेख असोज १४ । दैलेख क्षेत्र नं. १ का सांसद रबिन्द्रराज शर्माले वन नीतिलाई संशोधन गरी सर्वोत्तम हितमा काम गर्ने बताएका छन् । पारिवारिक निजी वन संघ नेपाल दैलेखको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सो विचार राखेका हुन् । पारिवारिक निजी वनका अलवा राष्ट्रिय वन र सामुदायिक व्यवस्थापनका विषयमा पनि समय अनुसार नीति नियम बनाउन केन्द्र सरकार लागि रहेको सांसद शर्माले बताए ।
कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापाले वन संरक्षणका निम्ति कर्णाली प्रदेश सरकार र जनप्रतिनिधि चिन्तित रहेको जनाए । नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले नगरपालिकाले वातावरण जोगाउन हरियाली सडक नीति ल्याएको बताए । पारिवारिक निजी वन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले सामुदायिक वन व्यवस्थापनको अभ्यासपछि समुदायकै अग्रसरतामा संरक्षण गर्न सजिलो हुने अवधारणाले निजी वन पनि संरक्षण थालिएको बताए ।
संघका जिल्ला अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त डिभिजनल बन अधिकृत नवराज पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष मनिराम शर्मा, गैसस महासघका कर्णाली सचिव सीपी शर्माले पनि निजी वन व्यवस्थापनको आवश्यकता विषयमा बोलेका थिए ।
अध्यक्षमा अधिकारी
औपचारिक कार्यक्रमपछि अधिवेशनको बन्दसत्रले भरतराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा दैलेखको कार्यसमिति निर्बिरोध चयन गरेको छ । कार्यसमितिका उपाध्यक्ष ताराप्रसाद ज्ञवाली, सचिव नरेन्द्र केसी, उपसचिव सुमनकुमारी बीसी र कोषाध्यक्ष लालसरी शाही चुनिएका छन् ।
पारिवारिक निजी वन संघ नेपाल जिल्ला कार्यसमितिका सदस्यहरुमा धनरुपा बुढा, कमल अधिकारी, कृष्ण बिक, बिष्णुकुमारी रेग्मी, पुष्पा बीसी, मीरा स्वर्णकार, माया रेग्मी, बिष्णुप्रसाद शर्मा, अमृता राना, शान्ति थापा, नन्दा सिंह, सुन्तली सार्की, देवेन्द्र आचार्य र भावना हमाल चयन भएका छन् ।

प्रतिक्रिया