विश्व हात धुने दिवस मनाइयो

विश्व हात धुने दिवस मनाइयो

दैलेख असाेज २९ । दैलेखको दुल्लु नगरपालिकामा विश्व हात धुने दिवस मनाइएको छ । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा विश्व हात धुने दिवस मनाइएको हो । दुल्लु नगरपालिका–१ र ४ मा रहेको ठुलाखोला पाथिकाल्ला सोलार लिफ्ट खानेपानी तथा सरसफाई योजनामा दिवस मनाइएको हो ।
योजना समितिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा दिवश मनाईएको हो । दिवसमा साबुन पानीको प्रयोग गरि हात धुने विधिहरु प्रयोगात्मक रुपमा सिकाईएको थियो । दिवसका अबसरमा सहभागिहरुलाई पुरस्कार स्वरुप नङ्ककट र साबुन प्रदान गरिएको बताइएको छ ।
दिवसका अबसरमा आयोजित कार्यक्रममा समितिका सचिव लक्ष्मि थापा सदस्य राजन खड्का, उपभोक्ताहरु सीता खड्का, खगेन्द थापा , महिला स्वास्थ्य स्वंयमसेवीका लक्ष्मि थापा, मोतिकला नेपाली लगाएत स्थानीय बासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया