दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सब सुरु

दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सब सुरु

दैलेख असाेज २९ । दैलेख जिल्ला सदरमुकामको काडाँचौरमा बुधवार देखि ‘दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सब २०७६’ सुरु भएको छ । महोत्सबमा पर्यटनलाई जोड दिइएको छ । सेती बराह मिडिया प्रमोसन प्रालीको आयोजनामा महोत्सब सञ्चालन भएको हो । महोत्सबको उद्घाटन गर्दै प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले महोत्सबले जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र आर्थिक विकासमा टेवा मिल्ने बताए ।
प्रतिनीधि सभाका अर्का सदस्य पार्वती कुमारी विशुन्केले जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सबैको साथ आवश्यक रहेको बताइन् । उद्घाटनमा कर्णाली प्रदेश सभा सदस्य अम्मरबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जिल्लाको पर्यटन प्रर्वद्धनका विषयमा बोलेका थिए ।
‘दैलेखको पर्यटकीय क्षेत्रको प्रचार प्रसार हाम्रो अभियान’ भन्ने नारा सहित सञ्चालन भएको महोत्सबले जिल्लाको पहिचानलाई राष्ट्रिय रुपमा चिनाई पर्यटन प्रर्वद्धन गर्ने उदेश्य लिएको महोत्सब संयोजक यामबहादुर थापाले बताए । महोत्सबले सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई सफल बनाउन सहयोग पुग्ने थापाको भनाई छ ।
महोत्सबमा एक सय बढि स्टलहरु रहेको आर्थिक संयोजक लालबहादुर थापाले बताए । महोत्सबमा दैलेख जिल्लामा उत्पादित भएका बस्तुहरु प्रर्दशनीमा राखिने थापाले जानकारी दिए । मेलामा तीहारमा चाहिने सामग्रीहरु सुपथ मुल्यमा विक्री वितरण हुने आयोजकले जनाएको छ । चिसो मौषममा चाहिने कपडाहरु महोत्सब स्थलमा खरिद गर्न सकिने आयोजकले जानकारी दिएको छ । महोत्सबमा २५ लाख बराबरको कारोबार हुने लक्ष आयोजकले लिएको छ ।

प्रतिक्रिया