दैलेखमा फुटसल प्रतियोगिता सुरु

दैलेखमा फुटसल प्रतियोगिता सुरु

दैलेख कात्तिक ४ ।
दैलेखमा फुटसल प्रतियोगिता सुरु भएको छ । नेहोव गाइज पुरानो बजार दैलेखको आयोजनामा तीन दिने फुटसल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १० टोली सहभागि रहेको नेहोव गाइजका संयोजक आशिष श्रेष्ठले जानकारी दिएका छन् । चार्डपर्वको अवसर पारी प्रथम खुल्ला फुटसल बोका कप प्रतियोगिता सञ्चालन गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागि टोलीलाई ‘खसी’ उपहार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुन तीन हजार प्रवेश शुल्क तोकिएको थियो । प्रतियोगिता दैलेख सदरमुकामको स्थानीय टुडिखेलमा सञ्चालन भईरहेको छ ।



प्रतिक्रिया