संचारकर्मीद्धारा कार्यक्रम अनुगमन
ज्वाला सन्देश सम्वाददाता
दैलेख – रार्कमकर्णाली क्षेत्रमा जिल्लाका संचारकर्मीहरुद्धारा सामाजिक सेवा केन्द्र सोसेकद्धारा गरिएका विभिन्न कार्यक्रमहरुको अनुगमन गरिएको छ । रार्कमकर्णालीमा गरिएका कार्यक्रमहरुको संचारकर्मीहरुले संयूक्त रुपमा अनुगमन गरेका हुन् । अनुगमन गरिएका कार्यक्रमहरुमा एकिकृत परियोजना, सामाजिक आर्थिक विकास कार्यक्रम, उत्थानशिल जिविकोपार्जन तथा दिगो खाद्य सुरक्षा परियोजना, सामुदायिक एकिकृत विकास परियोजनाको अनुगमन गरिएको हो ।
अनुगमनमा पढाई शिविर, उपचारात्मक कक्षा, बाल नेतृत्व तालिम, तरकारी खेती, लद्यू उद्यमीसंग छलफल, बाख्रा तथा बगुर पालन, विभिन्न ब्यवसाय हेरिएको थियो । उनीहरुसंग सुझाव र सल्लाह लिईएको थियो । अनुगमन समितिमा सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष हीरासिह थापा, नागरिक दैनिकका सम्वाददाता गोविन्द केसी, कान्तिपुर दैनिका सम्वाददता प्रकाश अधिकारी, एभिन्यूज टेलिभिजनका सम्वाददाता भुपेन्द्र शाही र सगरमाथा टेलिभिजनका सम्वाददाता चक्र भण्डारी रहेका थिए ।
त्यस्तै चामुण्डा र जम्वुकाध सामाजिक सेवा केन्द्रका उपाध्यक्ष तथा अनुगमन समितिको संयोजक विरबहादुर नेपालीको संयोजत्वमा एकिकृत परियोजनाको अनुगमन गरिएको छ । अध्यायन केन्द्र, र उपचारात्क कक्षा, विद्यालयमा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीसंग अन्र्तक्रिया समेत गरिएको थियो । अनुगमनमा विरबहादुर नेपाली, कोषाध्यक्ष सुधा कोईराला, सदस्य कमला भण्डारी र मिल अधिकृत रमेश थापा रहेका थिए । कार्यसमितिका पदाधिकारीहरु रहेको अनुगमन समितिले २ दिनसम्म अनुगमन गरेको थियो ।
प्रतिक्रिया