सेवाग्राहीका लागि स्वास्थ्य सहायता कक्ष

सेवाग्राहीका लागि स्वास्थ्य सहायता कक्ष

दैलेख मंसिर ६ गते । जिल्लाको नारायण नगरपालिकामा नागरिक स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ। नगरपालिकामा आउने सेवाग्राही तथा कर्मचारीलाई स्वास्थ्य सेवा प्रदान गर्न उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो। नगरपालिकामा सेवा लिन आएका सेवाग्राही आकस्मिक बिरामी परेको खण्डमा सेवा दिने उद्देश्यले सहायता कक्षको स्थापना गरिएको नगपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले बताए।

बिहीवार सहायता कक्षको उद्घाटन गदै नगरप्रमुख रत्नबहादुर खड्काले स्वास्थ्य सहायता कक्षबाट नगरपालिकामा आउँने सेवाग्राहीको नियमित स्वास्थ्य चेकजाँच गरिने बताए। स्वास्थ्य सहायता कक्षबाट पालिकामा आउँने अतिथिले पनि सेवा लिन सक्ने स्वास्थ्य शाखा प्रमुख हमालको भनाइ छ।

प्रतिक्रिया