अभिनेत्री ऋचा शर्मा वैवाहिक सम्बन्धमा

अभिनेत्री ऋचा शर्मा वैवाहिक सम्बन्धमा

काठमाडौं मंसिर २१: अभिनेत्री ऋचा शर्मा वैवाहिक सम्बन्धमा गाँसिएकी छन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार विवाह गरिन् ।

आफन्त र केही निकटका साथीलाई उनले विवाहमा निम्तो दिँदै उपहार नल्याउन आग्रह गरेकी थिइन् । शनिबार दिउसो मात्रै उनले श्रीमानसँगको तस्बिर सार्वजनिक गरेकी छन् । ट्वीटर र फेसबुकमा उनले तस्बिर राख्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्। (ऋचा शर्मा र दिपेक्ष बिक्रम राना ।)’

सामाजिक सञ्जालमा पनि उनलाई सयौंले बधाइ र शुभकामना दिएका छन् । ऋचाले यसअघि आफ्ना प्रेमी सार्वजनिक गरेकी थिइनन् । दिपेक्ष ललितपुरस्थित लबिम मलका म्यानेजर हुन् ।एक महिनाअघि ऋचाले पोखरामा केही निकट साथीलाई ‘ब्याचलर पार्टी’ दिएकी थिइन् । पछिल्लो समय उनी ‘कमेडी च्याम्पियन’को निर्णयकको रुपमा छिन् ।

प्रतिक्रिया