तोडफोड हुँदा स्वास्थ्य चौकी क्षतीग्रस्त

तोडफोड हुँदा स्वास्थ्य चौकी क्षतीग्रस्त

ज्वाला सन्देश सम्वाददाता
दैलेख, कात्तिक २७ – शुक्रवार राती वाँसी गाविस स्थीत बाँसी स्वास्थ्य चौकी र स्थानीय मेडिकलमा एक समुहले तोडफोड गरी क्षती पु¥याएका छन् । बाँसी गाविसकै धुव्र बुढाको नेतृत्वमा आएको १० जनाको समुहले तोडफोड गरी क्षती पु¥याएको स्थानीयले बताएका हुन् ।
राती ९ बजेतिर भिरबाट लडेको घाईतेलाई उपचारका लागि खुल्ला गरिएको स्वास्थ्य चौकीमा एक्कासी प्रवेश गरेका यूवाहरुले चौकीका ३ कोठामा तोडफोड गरेको अनमी सुचिता घर्तीमगरले बताईन् । अनमी घर्तीमगर घाईतको उपचारका लागि स्वास्थ्य चौकीमा आएकी थिईन् । उपचार कक्षमै आई अनमीलाई धकलपकल गरी बाहिर निकालेर तोडफोड गरेको स्वास्थ्य चौकीका ईन्जाज रमेश दशैदीले बताए । स्वास्थ्य चौकीसंगै रहेको मेडिकलमा समेत उक्त समुहले तोडफोड गरेको दशौदीले बताए । तोडफोडबाट धेरै क्षती भएकाले क्षतिको विवरण आईनसकेको दंशौदीको भनाई छ ।
तत्काल गैडाबाँज प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनामा संलग्नमध्ये ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज बुढा, हिदय शाही र रमेश बुढा रहेको दैलेख प्रहरी प्रवक्ता पुस्कर चन्दले बताए । गैडाबाज प्रहरी चौकीबाट गएका प्रहरीले राती नै ३ जनालाई पक्राउ गरेका हुन् ।
“समुह नै बनाएर स्वास्थ्य चौकी र मेडिकलमा तोडफोड गरेको खवर पाएलगत्तै प्रहरी परिचालन गरेका छौ, दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओलीले भने, स्थानीयको सहयोगमा तोडफोडमा संलग्न फरारहरुको खोजी भैरहेको छ ।” तोडफोडको नेतृत्व गर्ने धुव्र बुढा सहित अन्यको फरार भएकाले खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया