शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया

शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया

दैलेख पुष २१ । नारायण नगरपालिकाका – ७ का वडाध्यक्ष पूर्णबहादुर मल्लले विद्यार्थीको शैक्षिक प्रगति अभिभावक र शिक्षकहरुको लगनशीलता र रचनात्मक सहयोगले मात्र प्रभाकारी हुन सक्ने बताएका छन् । इन्सेकको इएलपी कार्यक्रमले बसन्त मावि किमुगाउँमा आयोजना गरेको शिक्षक, विद्यार्थी र अभिभावक अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राख्नु भएको हो । उनले विद्यार्थीको शैक्षिक उपलब्ध राम्रो गराउन बालमैत्री वातावरण आवश्यकता औल्याए ।

नारायण नगरपालिका शिक्षा समितिका सदस्य हर्कबहादुर नेपालीले बसन्त मावि किमुगाउँको शैक्षिक प्रगति राम्रो भएकै कारण नगरपालिका र अरु निकायबाट पनि राम्रो सहयोग पाइरहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरत रावत र विद्यालयका निमित्त प्रधानाध्यापक तर्कबहादुर शाहीले विद्यार्थीहरुबाट उठाइएका सवाल विषयमा जवाफ दिएका थिए ।

विद्यार्थीहरुले विद्यालयमा कम्प्यूटरको अभावमा प्रोजेक्टर प्रयोग बिहीन भएको, प्रयाप्त पुस्तकहरुको अभाव इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, बसन्त मावि किमुगाउँको बाल अधिकार चेतना समूहका अध्यक्ष निशा रावतले पनि मानव अधिकारका विभिन्न आयाम, शिक्षा अधिकार र शैक्षिक गुणस्तर विकासमा सरोकारवाला निकायको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया