गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीको पुर्जी

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीको पुर्जी

काठमाडौं माघ ५ । गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् ।उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान गर्न माग गरेको काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले डिउटीमा बसेका प्रहरी जवानमाथि अभद्र व्यवहार गरेकाले थप अनुसन्धान गर्न उनलाई पक्रन आदेश दिएको प्रहरी प्रमुख सुवेदीले बताए । सामाजिक सञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको चर्को आलोचना भएपछि उनी फेरि फेसबुक लाइभमा आएकी थिइन्। ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भएको छ। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’ लगायत अपशब्द प्रयोग गरेकी थिइन् ।

प्रतिक्रिया