गाउँपालिकाको खर्चमा महोत्सब

गाउँपालिकाको खर्चमा महोत्सब

हिक्मतबहादुर नेपाली
दैलेख माघ १५ ।
जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले आफ्नै आयोजना र खर्चमा डुङ्गेश्वर सांस्कृतिक तथा पर्यटन महोत्सब २०७६ आयोजना गरेको छ । तीन दिन सञ्चालन हुने महोत्सबको बुधवार उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले महोत्सबको उद्घाटन गरे । डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ६ को डुङ्गेश्वर बजार नजिकै लोहोेरे खोला किनारमा महोत्सब सञ्चालन गरिएको छ । महोत्सब सञ्चालन स्थल स्थान शव दाहसंस्कार गर्ने ठाउँ हो ।
स्थानिय कला संस्कृतको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव संचालन गरिएको गाउँपालिकाले जनाएको छ । ‘स्थानिय कला संस्कृतिको संरक्षण गराैँ, डुङ्गेश्वर पर्यटन महोत्सव सफल पारौँ’ भन्ने मुल नाराका पर्यटन महोत्सव २०७६ सञ्चालन गरिएको हो ।
महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले डुङ्गेश्वर गाउँपालिकाको समृद्धिका लागि जलयातायातको सम्भावना रहेको बताए । ‘यहाँको समृद्धिका लागि जल यातायातको सम्भावना रहेकोले यसको विकासमा ध्यान दिन जरूरी ।’ डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गाउँपालिकामा रहेका स्थानीय कला संस्कृतिको प्रचार–प्रसार र संरक्षण गर्नुका साथै पर्यटकीय क्षेत्रहरूको प्रचार गर्नको लागि महोत्सव संचालन गरिएको जानकारी दिए । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै गाउँपालिकाले महोत्सब सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष मल्लकाे भनाइ छ ।
वडा नम्बर ६ का वडाध्यक्ष बमबहादुर बिसीको अध्यक्षतामा उद्घाटन भएको महोत्सब तीन दिनसम्म सञ्चालन हुने बताइएको छ । महोत्सब अवधीभर स्थानीय कला संस्कृति र स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने कला संयोजक एवं वडा नम्बर २ का वडाध्यक्ष राजुकुमार खत्रीले जानकारी दिए । महोत्सबमा गाउँपालिका भित्र उत्पादन भएका तरकारी, ढाकाका कपडा लगाएत स्थानीय उत्पादनहरु प्रर्दशनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया