नेतृत्वदायी भूमिका खेल्न आग्रह

नेतृत्वदायी भूमिका खेल्न आग्रह

दैलेख : जिल्लाको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले प्रधानाध्यापकहरुलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहयोगमा आयोजित एक अभिमुखिकरण कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले यस्तो बताएका हुन् । संस्कृती, परम्परा, रितिरीवाजको संरक्षण र पुस्ता रुपान्तरणको लागी बिद्यालयको महत्वपूर्ण भुमिका रहन्छ,’ नगरप्रमुख भण्डारीले भने, ‘यस्ता सबै क्रियाकलापमा विद्यालयका प्रधानाध्यापकहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’
राष्ट्रिय आयोगको सचिवालले २ दिने (विहिबार र शुक्रबार) ‘युनेस्को ए एस पिनेट स्कुल एण्ड इट्स एक्टिभिटिज’ विषयक अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको थियो । अभिमुखिकरण कार्यक्रममा दैलेख र अछाम जिल्लाबाट छनौटमा परेका ३० वटा माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उषा पोखरेलले युनेस्को र यसका क्रियाकलाप सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने मिनकाजी श्रेष्ठले ‘एएसपीनेट’ र यसका क्रियाकलाप सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । त्यस्तै मातृका सुबेदीले ‘अनलाइन टुल्स फर एप्लिकेसन’ सम्बन्धी जानकारी दिइन भने महेश्वर शर्माले युनेस्को महासंघको बिषयमा प्रस्तुतीकरण राखेकी थिइन् ।

प्रतिक्रिया