मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नन्दबहादुर सिंह नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नन्दबहादुर सिंह नियुक्त

दैलेख फागुन १९ । कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा केन्द्रिय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नन्दबहादुर सिंह नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सोमबार उपकुलपति नियुक्त गरेका हुन् । यस्तै सरकारले पूर्वाञ्चल विश्वविद्यालमा उपकुलपति नियुक्त गरेको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार पूर्वाञ्चल विश्वविद्यालयमा डा. यादव कोइराला नियुक्त भएका छन् ।

यी दुवै विश्वविद्यालयमा ६ महिनाभन्दा लामो समयदेखि उपकुलपति रिक्त थियो । अझै पनि पोखरा, नेपाल संस्कृत, कृषि तथा वन विश्वविद्यालयमा उपकुलपति रिक्त छ । कुलपतिको हैसियतमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने कानुनी व्यवस्था छ । तर, कुलपतिले अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्त नगरेकोमा शिक्षा मन्त्रालयका अधिकारी भने असन्तुष्ट छन् ।

प्रतिक्रिया