कर्णालीवासी अब रोगले मर्नु पर्दैन : सभामुख शाही

कर्णालीवासी अब रोगले मर्नु पर्दैन : सभामुख शाही

नगरसभा उद्घाटन गर्र्दै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही ।

दैलेख : कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कर्णालीबासीले अब रोगले मर्नु नपर्ने बताएका छन् । अबको पाँच बर्ष भित्र कर्णालीबासी नागरिकहरु उपचारकै लागि काठमाडौं र भारतको लखनउसम्म धाउनुपर्ने बाध्यता हटेर जाने सभामुख शाहीको भनाई छ । बुधवार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको छैटौँ नगरसभा उद्घाटन गर्र्दै सभामुख शाहीले भने ‘सरकारले घोषणा नै गरि प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने नीतिलाई तिब्रता दिईएको छ ।’
कर्णाली प्रदेश सरकारले कर्णालीबासीलाई स्वास्थ्यको सहज पहुँच पु¥याउन प्राथमिकताका साथ काम अघि बढाएको उनको भनाई छ । वर्तमान सरकारले जनताको अपेक्षा बमोजिमका कामहरु गरेको सभामुख शाहीले दाबी गरे । स्थानीय तहमा साझा सहमतीबाट विकासका गतिवीधि सञ्चालन गर्न सुझाव दिदैँ शाहीले भने ‘राजनीतिक गर्ने काम नेताहरुको हो, जनप्रतिनिधिको होइन ।’ जनप्रतिनीधि जनताका साझा भएको उल्लेख गर्दै शाहीले जनताका साझा काम गर्न जनप्रतिनीधिलाई आग्रह गरे ।
‘जनप्रतिनीधिले त्यसको र मेरो भन्नु हुँदैन, साझा भएरै नै काम गर्नुपर्छ,’ उनले भने ‘हामीलाई जनताले मतदान गरी काम गर्न पठाएका हुन्, त्यसको र मेरो भनि विवाद गर्न पठाएको होइनन् ।’ स्थानीय तहमा जनप्रतिनीधिहरु सत्ता पक्ष र प्रतिपक्षको रुपमा आन्दोलन गर्नु सरासर गलत भएको उनले उल्लेख गरे । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा सत्ता पक्ष र प्रतिपक्ष सम्बन्धी व्यवस्था नभएको सभामुख शाहीले बताए । सभामा नेकपाका कर्णाली प्रदेश सदस्य सुर्यबहादुर शाहीले नगरपालिकाको समृद्धिका लागि सबै राजनीति दलहरु निस्वार्थ भएर काम गर्नुपर्ने बताए । बुधवार उद्घाटन भएको भएको नगरसभा शुक्रवारसम्मका लागि स्थगित गरिएको नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले बताए ।

प्रतिक्रिया