कविता : कोरोना कहर

कविता : कोरोना कहर

कविता : छन्द- मन्दाक्रान्ता

-प्रा. जगत् उपाध्याय ‘प्रेक्षित्’ 
    
कोरोनाको नव कहरले विश्वलाई सतायो
बन्दाबन्दी सबतिर भई लौ न आतङ्क छायो ।
बस्नैपर्ने जड अचलझैं आज भो वास वास
मान्छे मान्छे अछुत हुन गो सृष्टिमा बल्ल आज ।।

छानो यौटै, शयन छ उही, दूरता भेद यौटै
सीमा यौटै, वरपर उही, दृश्यको छेद यौटै ।।
कङ्गाली औ अरबपतिमा छैन झैं भेदभाव
राजा–रैती सकल जन यी देखिए एकनास ।।

रूघाखोकी, विषम ज्वर नै आज बन्दै छ गोला
मान्छेका यी मन(मुटु जली भस्म बन्दै छ चोला ।
हजारौं ती कति मरिसके छन् अझै लामबद्ध
बन्लान् जस्तो कति शव अझै साँच्चिकै खामबद्ध ।।

लागेका’थ्यो अब हुन गयो विश्व नै एक ग्राम
बन्ला भन्ने मन–मन थियो स्वस्थ सद्भाव धाम ।
कोही रोगी भइकन यहाँ मर्नुपर्दैन बाबा
कल्ले वैज्ञानिकसँग यहाँ बोल्न सक्ला र धावा ?

कोरोना जीव अणु जब यो व्याप्त भो यत्रतत्र
छैनन् जस्तै अब हुन गए ज्ञान(विज्ञान अस्त्र ।
आयो घुम्दै ऋषिकुल यहाँ जीवनी काल फेरि
खाटा बस्दा वनविटपले सेकनी चाल फेरि ।।

तातो पानी नियमित पिई दूध प्यूँदा नि तातो
तातै खाना लिइकन बसे बाफमा फेरि तातो ।
मर्छन् साँच्चै अणु अणु सबै, कीटको जान्छ सातो
बाँच्छौं हामी कुसुमसरिको जिन्दगी स्वस्थ रातो ।।

एकान्तैमा अति सजग भै बस्नुपर्ने छ आज
टिक्तैनन् यी युग(युग सधैँ कोरना(रात, साँझ ।
जाडै जाडो गरम अति वा हुन्न कैल्यै धरामा
हाले पानी सब जन मिली जिन्दगीका जरामा ।।

सदस्यसचिव, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल 

प्रतिक्रिया