कोरोनासँग जुध्न सोसेक नेपालले ग¥यो आइसोलेसनमा स्वास्थ्य सामग्री सहयोग

कोरोनासँग जुध्न सोसेक नेपालले ग¥यो आइसोलेसनमा स्वास्थ्य सामग्री सहयोग

दैलेख असार १६ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका दैलेखका विभिन्न क्वारेन्टाइन आइसोलेसनमा स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरेको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइन आइसोलेसनमा सामग्री सहयोग गरिएको हो । कोरोनाविरुद्ध लड्न संस्थाले आइसोलेसनमा स्वास्थ्य सामग्री सहयोग गरेका हो ।
सोमवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्व अध्यक्ष सिताकुमारी रानाले डुङ्गेश्वर गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थामा पुगेर क्वारेन्टाइन आइसोलेसनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । हेल्भेटास नेपालको सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
यस्तै दुल्लु नगरपालिका क्षेत्रमा रहेका क्वारेन्टाइन आइसोलेसनमा समेत स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले बताए । सहयोग गरिएका स्वास्थ्य सामग्रीमा पीपीई, स्यानिटाइजर, सर्जिकल मास्क, एन नाइन्टी फाइभ मास्क, कोलोरिन, स्प्रे ट्यांकी लगाएत छन् । उक्त सामग्रीहरु क्वारेन्टाइन आइसोलेसनमा बस्नुभएको व्यक्तिहरुका लागि लक्षित गरेर सहयोग गरिएको हो ।

प्रतिक्रिया