स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

दैलेख असार २२ गते ।
स्वास्थ्य सेवा कार्यालय दैलेखलाई व्यक्तिगत सुरक्षा सामग्री सहित स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले स्वास्थ्य सामग्री प्रदान गरेको हो । सोमवार सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका केन्द्रिय सदस्य सिता कुमारी रानाले स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।
पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्रीहरुको अभावमा स्वास्थ्यकर्मीहरुले जोखिमपूर्ण अवस्थामा सेवा दिन बाध्य भएको विषम परिस्थितीमा सहज बनाउन सहयोग पुगोस् भन्ने उदेश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको महासंघले जनाएको छ ।
पीपीई ८ थान, सेनीटाइजर १० लिटर, थर्मल गन, पञ्जा ५ प्याकेट, पेपर मास्क ५ प्याकेट, फेस सिल्ड ८ वटा, बुट १ जोडी, एन ९५ मास्क ५० थान, साबुन ३० वटा, सेनेटरी प्याड ३० प्याकेट र सिटामोल तथा मेट्रो हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै केन्द्रिय सदस्य रानाले सबै मिलेर कोरोना भाइरसको महामारीसँग जुध्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया