सहजकर्तालाई एक दिने तालिम

सहजकर्तालाई एक दिने तालिम

दैलेख भदौ २१ गते ।
यूएनडीपीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा सञ्चालित न्यायमा पहुँच परियोजनाले कानूनी साक्षरता कक्षाका सहजकर्तालाई एक दिने तालिम दिएको छ । नौमूले गाउँपालिका र महाबु गाउँपालिकाका ४ जना सहजकर्तालाई तालिम दिइएको कार्यक्रम संयोजक अधिवक्ता सर्वराज जोशीले जानकारी दिए ।
सोसेकका उपकार्यकरी निर्देशक बसन्त श्रेष्ठले सहजकर्ताहरुलाई समुदायमा शान्ति प्रवद्र्धनको वातावरणका लागि कानूनी सचेतना, स्थानीय तहका न्यायिक समितिका कामलाई सघाउने, अपराधजन्य घटनामा पीडितलाई न्याय दिलाउन सामुदायिक सहयोग जुटाउने काम गर्न आग्रह गरेका छन् ।
नौमूले गाउँपालिकामा मनकुमारी खत्री र सन्तबहादुर बिक तथा महाबु गाउँपालिकामा छनौट भएका मैनकला खत्री र प्रेम परियार समेत ४ जना सहजकर्ताले समुदायमा कानूनी सेचतना र पैरबी विषयमा सहजीकरण गर्नेछन् ।
संस्थाले न्यायमा पहुँच परियोजना मार्फत दैलेखका नौमूले गाउँपालिका र महाबु गाउँपालिका, सुर्खेतका भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका, सल्यानको त्रिबेणी गाउँपालिका र कपुरकोट गाउँपालिका र कालिकोटमा नरहरीनाथ नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिका समेत ८ वटा स्थानीय तहमा काम थालेको छ ।

प्रतिक्रिया